Powered by Blogger.
गोगनेमा हिजो दिउँसोदेखिको आगालागी नियन्त्रणमा


पालुङ, २८ चैत । मकवानपुरको गोगने गाविस वडा नम्मर ५ मा हिजो दिउसो देखि गोठबाट सल्केको आगो नियन्त्रण आएको छ । 

आगालागी सँगै हावाहुरी चलेको कारणले आगोलागि केही समय नियन्त्रण बाहिर गएको थियो ।स्थानीय बासिन्दाको सक्रियतामा आगो रातको २ वजे नियन्त्रणमा ल्याइएको हो ।  वडा नम्मर ५ गोलढुङगाको दिलबहादुर तितुङको गोठबाट शुरु भएको  आगालागी खौवास सामुदायिक वनमा छिरेको थियो    

तितुङको गोठ सहित २  भैँसी जलेर नष्ट भएको छ भने  सो गोठबाट सल्केको आगोले नजिकैको र्कासाङ लामाको घर समेत नष्ट भएको थियो । र्कासाङ लामाको घरमा रहेका लत्ता कपडा अन्नपात नगद जिन्सी र २५ मुरी अन्न जलेर सखाप भएको पिडित र्कासाङ लामाले बताउनु भयो । 

सानो वालकले लाइटर खेलाउँदा लाइटरबाट  आगो सल्केको स्थानियहरुले बताएका छन । आगोलागि अहिलेसम्म पुर्ण रपमा भने नियन्त्रणमा आएको छैन ।




0 comments

Write Down Your Responses