Powered by Blogger.
मकवानपुर आइडल र थाहा कला केन्द्रको आगामी भूमिका

रामजी बलामी

हरेक कुराको सिमा हुन्छ, जब सिमा नाघिन्छ, त्यसले कदापि राम्रो परिणाम दिँदैन । हाम्रो दैनिक व्यवहारदेखि ठूल्ठूला क्रान्तिहरु समेत सिमाको परिधि भित्र रहेका हुन्छन् । सिमा नाघ्नाले योजना विफल हुने मात्रै होईन त्यसले भयानक खतरा निम्त्याउने गर्दछ । भन्न खोजिएको के हो भने हरेक व्यक्ति सिमाभित्र रहेर अघि बढ्नुपर्छ तव मात्र लक्ष्य प्राप्त गर्न सकिन्छ । सिमा भित्र रहेर गरिएको कामबाट कदापि नराम्रो परिणाम आउँदैन ।


पछिल्लो समय समग्र विश्व जगत नै पश्चिमाकरणमा फस्दै गइरहेको छ ।  यसबाट नेपाल अछुतो हुने कुरै भएन । तर हामी यति धेरै पश्चिमालम्पट बनेका छाँै कि एकखाले अन्धभक्तकै रुपमा  देखिएका छौं  । आप्mनो संस्कृति भनेपछि नाक खुम्च्याएर आँखा चिम्लिने र पश्चिमी संस्कृति भनेपछि आँखा चिम्लेर हाइहाइ गर्ने अधिकांश नेपालीको बानी नै बनेको छ । यसले एकातिर हाम्रो आप्mनो मौलिक कला संस्कृति लोप हुँदै गएका छन् भने अर्काेतिर आवश्यक भन्दा बढी विकृतीजन्य पश्चिमेली संस्कृति भित्रिरहेका छन् । परम्परा र संस्कृतिको त कुरै छाडौं बच्चा जन्मेपछि न्वारन गर्नुपर्छ भन्ने बिर्सिन थालेका छन् तर ‘बर्थडे’ मनाउन एक महिना अघि देखि जोरजाम सुरु हुन्छ । यो त एउटा सानो उदाहरण मात्रै हो ।

यसको मतलब हामी पुरानै धरातल र संस्कृतिमा रम्नु पर्छ, सधै डम्फु, बाँसुरी र खैजडीमा सिमित हुनुपर्छ भन्न खोजिएको होईन । ठाउँ परिवेश र आवश्यकता अनुसार आफूलाई परिमार्जन गर्दै लैजानुपर्छ । आधुनिक हुने नाममा मौलिकता बिर्सनु र अत्याधुनिक बन्नु हुँदैन । स्कर्ट, मुन्द्रा, टप लगाएर नेपांग्रेजी बौल्दैमा आधुनिक भईने होईन ।  यो त फेसन भन्दा पनि सोचाईमा भर पर्छ । 

आधुनिक बन्ने धुनमा अचेलका पुस्ता सहर केन्द्रित बन्न थालेका छन् । यसले गाउँघरका मौलिक संस्कृति सिक्ने अवसर मिलेन भने गाउँमै बसेकाहरु पनि सहरीयाको नक्कल गर्दै आप्mनो मौलिक संस्कृतिप्रति वेवास्ता गरिरहेका छन् । 
आप्mनो मौलिक कला संस्कृतिमा रमाउँदा पुरातन भईने र नाङ्गो ‘स्टाइल’ देखाउदैमा आधुनिक बनिने होईन । आप्mनो कला संस्कृति र परम्पराको जगेर्ना गर्नु हरेक युवापुस्ताको कर्तव्य हो । यी कला संस्कृतिलाई पहिले जस्तो थियो त्यसरी नै प्रयोग गर्नु पर्छ भन्ने पनि होईन । मिलेसम्म यसलाई परिमार्जन गरेर पनि जगेर्ना गर्न सकिन्छ ।
स्थानीय क्षेत्रमा क्रियाशिल एनजिओ, आइएनजिओ, नगरपालिका तथा गाविसले मौलिक संस्कृति जगेर्नाका लागि पहल गर्नुपर्छ । यसका लागि छुट्याईएको बजेट अन्यत्र प्रयोग गरिनु हुँदैन । जे जति सकिन्छ, सके कला संस्कृतिलाई निरन्तरता दिईनु पर्छ, असम्भव नै भयो भने त्यसलाई संग्रहालयका रुपमा जगेर्ना गर्न सकिन्छ । 
कला र मौलिक संस्कृतिको अथाह धनी स्थान हो  थाहानगर क्षेत्र । बज्रबाराहीदेखि दामनसम्म थुप्रै त्यस्ता मौलिक परम्परा र संस्कृतिहरु छन् जुन पर्यटन विकास र सस्कृतिको धरोहर बनेको छ । यहाँ बसोवास गर्ने नेवार, तामाङ, क्षेत्री, बाहुन लगायत जातजातिभित्रका अन्य जातिहरुको मौलिक कला संस्कृति निकै रोचक र अविस्मरणीय लाग्छ । तर विडम्वना धेरै क्षेत्रमा त्यस्ता कला संस्कृतिहरु लोप भैसकेका छन ।

जात्रा, पुराण लगायतका साँकृतिक पर्वहरुमा निकै लोकप्रिय खैजडी भजन अचेल धेरै ठाउँमा लोप भैसकेका छन् । नेवार समुदायमा अति आवश्यक मानिने मुहाली बाजा पनि देख्न गाह्रो परिसकेको छ । बाजागाजा मात्रै होईन स्थानीयस्तरमा गाईने विभिन्न धार्मिक तथा सामाजिक आस्था बोकेका गीतहरु अहिले लोपोन्मुख बन्न थालेका छन । 

युवापिँढी भनेका परिवर्तनका संवाहक हुन । युवा जोश र जाँगरले जे आँट्यो त्यो पूरा भएरै छाड्छ । तसर्थ त्यो जोश र जागँरलाई राम्रो ठाउँमा सदुपयोग गर्न सके व्यक्ति, समाज र समग्र देशकै लागि राम्रो नतिजा हात लाग्छ । 

यसमा स्वयं व्यक्ति, परिवार र समुदायको ठूलो भूमिका हुन्छ । स्थानीय शिक्षित युवावर्गले सोच्नुपर्ने मुख्य कुरा के हो भने आप्mनो टोल, छरछिमेक र समुदायमा भएका मौलिक पहिचान झल्किने कला संस्कृति र परम्परालाई जर्गेना गर्नुपर्छ र समाजमा व्याप्त रुपमा फैलिएको अन्धविश्वास र गलत मानसिकतालाई हटाउन सकारात्मक पहल थाल्नु पर्छ । 

थाहा नगरको कला संस्कृति जर्गेना गर्ने उद्देश्यका साथ स्थापित थाहा कला केन्द्रको आगामी भूमिका स्पष्ट छ । यस क्षेत्रमा भएका हरेक जातजातिका मौलिक संस्कृतिको प्रवद्र्धन र संरक्षणलाई प्राथमिकतामा राख्नुपर्छ । यसका लागि एउटा स्पष्ट भिजन बनाएर स्थानीय स्तरका प्रतिभालाई पनि प्रोत्साहन हुने र त्यो समुदायमा भएका मौलिक संस्कृतिको पनि जगेर्ना हुने किसिमले कार्ययोजना अघि ल्याउनु पर्छ ।

अर्काे महत्वपूर्ण कुरा के पनि हो भने आप्mनो कला संस्कृतिको जगेर्ना अरुले होईन आफैले गर्नुपर्छ भन्ने भावनाको विकास हुनुपर्छ । तर, स्मरणीय कुरा के हो भने संस्कृति जगेर्ना र प्रर्वद्धन भन्ने कुरा एक्लो प्रयास र चाहनाले हुने होईन । यसका लागि त हातमा हात मिलाएर एकले अर्काेलाई प्रोत्साहन गर्दै अघि बढ्नु पर्छ तव मात्रै सिंगो समाजको धरोहर जिवित बन्न सक्छ र आगामी पुस्ताले तपाई हाम्रो कार्यको प्रशंसा गर्नेछ ।

अतः जसरी हाम्रो नाम पहिचान बन्ने गर्छ त्यसरी नै कला संस्कृति भनेको समुदाय र राष्ट्रको पहिचान हो । पहिचानको लडाई त्यसै चलेको होईन । यसबाट पनि हामीले पाठ सिक्न जरुरी छ । आप्mनो नाम जोगाएर इज्जत राखे जस्तै आप्mनो मौलिक पहिचान जोगाउनु पनि हरेक नागरिकको दायित्व हो । यसमा शिक्षित व्यक्तिहरुको भूमिका अझ महत्वपूर्ण हुन्छ । जसले अन्धविश्वासी समाजमा सही सत्यताको किरण छरेर समाजलाई सकारात्मकताको उज्यालोपन दिन सक्छ ।

यही महान उद्देश्यका साथ थाहा नगरका उत्साही साथीहरुको कला केन्द्र खोलेर स्थापनाको छोटो समयमै मकवानपुर आइडल आयोजना गर्ने आँट गर्नुभएको छ । यसलाई हामीले एउटा ठूलो कामका रुपमा लिई सफल पार्नेतर्फ लाग्नुपर्छ । एकले अर्काको खुट्टा तान्ने गलत संस्कारमा हुर्कीएका हामीहरुले अब त्यो प्रवृति त्याग्न र राम्रा काममा हातोमालो गर्दै अघि बढ्न सक्नुपर्छ ।  यही २०७३ वैशाख १ गते हुन लागेको मकवानपुर आइडलको दामन पोष्टका तर्फबाट पूर्ण सफलताको कामना गर्दछौं । 



0 comments

Write Down Your Responses