Powered by Blogger.
मकवानपुर आइडल सफल पार्न सबै लाग्ने


थाहानगर, २० चैत । मकवानपुर आईडल सञ्चालन गरिरहेको थाहा कला केन्द्रले शनिबार थाहा नगरपालिकाको बिकास घरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आगामी नयाँ बर्षका दिन अर्था २०७३ बैशाख १ गते थाहानगरको जेसीज सभाहलमा हुने अन्तिम प्रतिश्पर्धालाई मध्यनजर गरी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको मकवानपुर आईडलका मिडिया संयोजक रुपक कालीराजले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा थाहा नगरमा क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले मकवानपुर आईडललाई सफल बनाउन आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताए ।

बैशाख १ गते हुने फाईनल प्रतियोगितामा उपस्थित भई आर्थिक, भौतिक, नैतिक सहयोग गर्नका लागि कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले सबैमा अनुरोध गर्नुभयो । कार्यक्रममा अध्यक्ष मुक्तानले मकवानपुर आईडलको क्रममा हालसम्म भएको र फाईनलको लागि लाग्ने आम्दानी तथा खर्चको बिवरण समेत सार्वजनिक गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses