Powered by Blogger.
पालुङ बहुउद्देश्यीयले मनायो सहकारी दिवश


जनक लामा 
पालुङ, २१ चैत । २०५६ सालबाट  स्थापना सुरुवात गरि सहकारी कार्य गर्दै आएको पालुङ वहुउद्देश्यीय सहकारी संस्थाले  ५९ औं सहकारी दिवस आफ्नै भवनमा मनाएको छ । 

आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मुल नाराको साथमा सहकारीले छलफल कार्यक्रमको आयोजना गरेको थियो । मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर विके को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालुङ बहुउद्देशिय सहकारी संस्थाका शेयर सदस्य तथा सञ्चालकहरुको सहभागिता थियो । प्रमुख अतिथि डां.विके र कार्यक्रमका सभाध्यक्ष विमल ढकालले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

संस्थाका सहायक व्यवस्थापक रामप्रसाद ढकालले सञ्चालन गर्नु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सानोभाई कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।  कार्यक्रमको सुरुवातमा सभाध्यक्ष ढकालले सहकारीको अवधारण उद्देश्य तथा परिचय प्रस्तुत गर्नुभएको थियो । 

कृषि पर्यटनलाई विकास गेरेर पनि आर्थिक तथा सामाजिक रुपानतरण गर्नमा सहकारीको ठूलो भुमिका रहने ढकालले बताउनुभयो । मकवानपुर मात्र नभई देशमा नै व्यवसायिक खेती प्रणालीको विकास, युवाहरुलाई अग्रसर गरि पर्यटन विकास, उत्पादन कार्यलाई प्रोत्साहन, सुरक्षित भण्डारणको व्यवस्था, प्रविधि हस्तान्तरण लयागत क्षेत्रमा ध्यान दिने हो भने विकास सम्भव छ ।

कार्यक्रममा जिल्ला भू–संरक्षण अधिकृत पुष्पराम थापा,जिल्ला बन अधिकृत राजेन्द्र न्यौपाने, जिल्ला वनस्पति कार्यालयका प्रमुख नरहरि आचार्य जिल्ला कृषि विकास कार्यालयका सहायक कृषि विकास अधिकृत रविन्द्र पौडेल , नेपाल पत्रकार महा संघका पूर्व केन्द्रिय सदस्य प्रताब विष्ट लगायतको आतिथ्यता रहेको थियो । सामाजिक रुपान्तरणमा सहकारीको ठुलो भूमिका रहने प्रमुख अतिथि डा मान बहादुर विकेले बताउनुभयो । 




0 comments

Write Down Your Responses