Powered by Blogger.
मकवनापुर आइडलमा निमन्त्रणका लागि र्याली


बज्रबाराही, २३ चैत । थाहा कला केन्द्र मकवानपुरले नयाँवर्षको शुभकामना तथा आईडलको लागि निमन्त्रणा ¥यालीको आयोजना गरेको छ ।

आगामी २०७३ वैशाख १ गते आईडलको फाईनल हुने भएकोले उत्तरी भेगमा विभिन्न ठाउँमा गएर नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने र एकल गायन प्रतियोगितामा सहभागि हरुलाई उत्साह दिन सो ¥याली आयोजना गरिएको मिडिया संयोजक रुपक कालिराजले जानकारी दिनु भयो ।

 ¥यालीको काम संयोजन गर्न थाहाको दामन, पालुङको लागि मकवानपुर आईडलका मिडिया संयोजक रुपक कालिराज र बज्रवाराहिको लागि संगीता मर्हजनलाई तोकेको सानोबाबु मोत्तानले बताउनु भयो । सोहि अवसरमा आज थाहाकोे ईन्द्रायणि चौरबाट ¥याली सुरु गरि पालुङको खाल्टे हुदैँ फाँट बजारमा गई पुनः केन्द्रको भवनमा पुगि ¥यालीको समापन गरेको हो । 

कला र संस्कृति देशको पहिचान यसको संरक्षण हाम्रो अभियान भन्ने नाराको साथ नयाँ वर्षमा केही नयाँ कलाकार तथा लुकेका प्रतिभालाई प्रश्फुटन गर्ने र मकवानपु्र जिल्लालाई चिनाउने उद्देश्यले मकवानपुर आइडल गरेको आईडल संयोजक सानोवावुले बताउनु भयो । 

वैशाख १ गते हुने फाईनलमा मकवानपुर जिल्ला भरीबाट १० प्रतिश्पर्धी भिड्ने छन्  । सो ¥यालीले आईडलको प्रचार प्रसारको लागि महत्वपूर्ण सहयोग पुगेको मकवानपुर आईडलका मिडिया संयोजक रुपक कालिराजले बताउनु भयो । व्यापक प्रचार प्रसार गर्ने र नयाँ वर्षलाई हर्सोल्लास तरिकाले मनाउन सहयोग पुगोस् भन्ने हेतुले आयोजना गरेको सो ¥यालीमा कला केन्द्रका सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो । 

त्यसैगरि भोली थाहा नगरपालिकाको गोपाली गाउँबाट सुरु गरि थानाबजार हुदै पुन केन्द्रको भवनमा आएर समापन गरिने केन्द्रले जनाएको छ । भने भोलीबाट थाहाको बज्रबाराहीमा पनि ¥याली कार्यक्रम हुने बज्रबाराहीका ¥याली संयोजक संगिता महर्जनले जानकारी दिनुभयो ।


0 comments

Write Down Your Responses