Powered by Blogger.
अनेरास्ववियु पालुङ बहुमुखी क्याम्पसले गर्यो कविता प्रतियोगिता


पालुङ, २३ चैत । अनेरास्ववियु पालुङ बहुमुखी क्याम्पस कमिटिकोे आयोजनामा भएको साहित्यिक कविता वाचन प्रतियोगितामा आयूष विक प्रथम भएका छन्  । 

थाहा नगरको पालुङ बहुमुखी क्याम्पसमा भएको प्रतियोगितामा भुमला थिङ द्धितिय र  शिखा विक तृतिय भएका छन्  । पालुङ सहित्य परिषद्का अध्यक्ष लक्ष्मण बर्तौलाको प्रमुख आथित्यता तथा पालुङ बहुमुखि क्यापस प्रमुख रामहरि अधिकारीको विशेष आथित्यता भएको कार्यक्रममा ८ विद्यार्थीको सहभागिता रहेको थियो । 

क्यापसका शिक्षक विजय बस्नेत र तोयानाथ काफ्लेले निर्णायको भुमिका निर्वाह गरेका थिए ।  कार्यक्रम क्यापस कमिटीका अध्यक्ष राजन कार्कीले सञ्चालन गरेका थिए । अनेरास्ववियू पालुङ क्याम्पस कमिटि उपाध्यक्ष रिस्ता खत्रीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रथम, द्धितिय र तृतिय हुनेलाई प्रमुख अतिथिबाट पुरस्कार वितरण गरिएको थियो । 

0 comments

Write Down Your Responses