Powered by Blogger.
नारायणीमा ६ जना थप


काठमाडौं । नेकपा(एमाले) नारायणी अञ्चल सम्पर्क कमिटीमा ६ जना सदस्य थप गरिएको छ । 

शुक्रबार सम्पन्न कमिटीको बैठकले जिल्ला सम्पर्क मञ्चमा जिम्मेवार भूमिकामा रहेका काम गरिसकेका व्यत्तिहरुलाई अञ्चल सदस्यमा मनोनयन गरिएको हो ।

हालै मनोनित हुनेमा शन्तराम बिडारी, लक्ष्मण तिवारी, युबराज बोहरा, चिनकुमारी शिवाकोटी, देबजंङग पंण्डित र जीवन कार्की रहेका छन् । 

अञ्चल अध्यक्ष अशोककुमार ठकुरीको अध्यक्षतामा बसेको बैठकले विगतमा निर्वाह गरेको भूमिकाको कदर गर्दै पुनः अञ्चल सदस्यको जिम्मेवारी दिइएको सचिव वेदनाथ कोइरालाले जानकारी दिनुभयो । 

0 comments

Write Down Your Responses