Powered by Blogger.
पानीको मुहान सुक्दा पालुङको आलु खेतीमा समस्या


पालुङ, २५ चैत । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगर स्थित पालुङमा खाने पानीको हाहाकार भएको छ । खाने पानी लिनको लागि घन्टौ लाईन बस्नु पर्ने वाध्यता रहेको छ ।

 नेपालकै पहिलो ठूलो मानव निर्मित ताल  कुलेखानी जलविद्युत आयोजनाको  मुख्य जलाधार क्षेत्र  मानिने यस   क्षेत्रमा अहिले पानीको सम्पुर्ण मुहान सुकिसकेको छ । गत बैशाख १२ गते भुईचालो गए पछि पानीको मुहान सुक्न थालेको हो । 

लामो समय सम्म पनि  पानी नपरेको कारण पानीको मुहान फुटेको छैन । पानी नपरेको कारणले यस क्षेत्रको मुख्य नगदे बाली आलुलाई  समेत प्रत्येक्ष असर परेको छ । गत बर्ष भन्दा यो बर्ष आलु उत्पाद्न मा ६० प्रतिसत कमि आउने देखिएको छ र पछिल्लो बाली लाई समेत असर पर्ने भएको छ । –अनन्त ढकाल 


0 comments

Write Down Your Responses