Powered by Blogger.
अगुवाको तर्क ‘मकवानपुर आइडल सफल भए मात्र हामी सफल हुन्छौं ’


रुपक कालिराज
पालुङ, २५ चैत । महाबिनाशकारी भूकम्पले क्षत विक्षत बनेको मकवानपुर जिल्ला र विशेष गरी थाहा नगरपालीकावाशीको मन विस्तारै तङ्रीदै छ । र यहाँका नेपालीको मनमा खुसी अनी मुहारमा अधिकांशको आवास संरचना भत्किएर जस्ताको टहरोमुनी रात गुजार्न बाध्य भएपनि अचेल उनीहरुको मुहारमा विस्तारै खुसीका लक्षण देखिन थालेका छन् । उनीहरुको मुहारमा हाँसोको बहार ल्याउन थाहा कला केन्द्र तल्लिन छ ।

कला केन्द्रले विभिन्न कार्यक्रम गरी अधिकांशको पिडा भुलाउने काम गरीरहेको छ । त्यतीमात्र होइन स्थापनाको छोटो अवधिमै केन्द्रले जिल्लाव्यापी मकवानपुर आइडल आयोजन गरेर आफूलाई क्रियाशिल संस्थाको रुपमा सावित गरेको छ । पटक पटकका अडिसन सकेर अबको एक साता पछि अर्थात २०७३ वैशाख १ गते नयाँ वर्षको अवसरमा मकवानपुर आइडलको फाइनल चरणको कार्यक्रम हुँदैछ । 

थाहा नगरको जेसिज भवनमा हुने उक्त कार्यक्रमा विशिष्ट व्यत्तित्वहरुको जमघट हुने र कार्यक्रम ऐतिहासिक हुने बताइएको छ । भूकम्प प्रभावितहरुलाई भूकम्पको पिडा भुलाउन थाहा कला केन्द्रले विभिन्न ठाँउमा गएर विविध सांस्कृतिक कार्यक्रम समेत गरेको थियो ।

पछिल्लो समय थाहा कला केन्द्रका कलाकारहरु विभिन्न ठाँउमा कार्यक्रम गर्दै दर्शक तथा श्रोतालाई मनोरन्जन दिन कम्मर कसेर लागेका छन् । कला केन्द्रले पिस नेपाल मकवानपुरको सहकार्यमा सांस्कृतिक साँझ, दशैँ विषेश नाटक, तिहार विषेश ४ दिने बृहत सांस्कृतिक अभियान, पालुङ साहित्य परिषदको साहित्यकार सम्मान कार्यक्रममा सघाउ गर्दै पिडामा रहेको मनलाई शान्त पर्ने कोसिश गरेको थियो । 

तिहार विषेश सांस्कृतिक अभियान कार्यक्रम थाहा नगरपालिका बज्रबाराहिमा भव्य रुपमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा देशको विषम परिस्थितिमा पनि स्वयंम सेवकहरु बज्रबाराही सम्म पुगि बडो मिहेनतका साथ स्थानियहरुको साझेदारीमा मञ्च निर्माण गरी कार्यक्रम गरेका थिए । सो कार्यक्रममा हजारौ दर्शकहरुको सहभागिता थियो । 

त्यस्तै कार्यक्रम थाहा नगरपालिका–४ फाँटबजार, थाहा नगरपालिका–७ शिखरकोट बजारमा सम्पन्न भएका थिए । कार्यक्रममा कला केन्द्रका सदस्य तथा  नव उत्साही भाई बहिनीहरुको उत्साहजनक सहभागिता थियो । कार्यक्रममा थाहा कला केन्द्रका कलाकारहरुले भूकम्पले पिडा दिइरहेको अवस्थामा सयौं दर्शकहरुलाई पेट मिची मिची हँसाएका थिए ।

बालबालिका देखि जवान तथा वृद्धवृद्धा सम्मलाई पिडा भुलाएर खुसी दिलाउने प्रयास गरिरहेको कला केन्द्र एकै वर्षमा नै फड्को मार्न सफल भएको विभिन्न व्यक्तिहरुको भनाई छ  । कला केन्द्र हाल सबैको मन मस्तिकमा छाउन समेत सफल भएको छ भने केन्द्रले गरेको कामबाट प्रभावित भएर सहयोगीको  सहयोगको हातहरु बढिरहेको छ  । त्यति मात्र नभई कला केन्द्रले मकवानपुर जिल्लालाई कला क्षेत्रको माध्यमले चिनाउने उद्देश्यका साथ ‘कला र संस्कृति देशको पहिचान, यसको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मकवानपुर जिल्ला स्तरिय एकल गायन प्रतियोगिता ‘मकवानपुर आइडल’ गरेको हो ।

मकवानपुर आईडलको सुरुवात २०७२ भदौ ३ गते मकवानपुर जिल्लाको विकट मानिएको आग्रा, गोगने हँुदै थाहा  नगरपालिका, हेटौडा उपमहानगरपालिका लगायत मकवानपुर जिल्लाका विभिन्न क्षेत्रहरुमा गई फाइनल चरणमा प्रवेश गरेको हो । यस चरणबाट विभिन्न ठाउँहरुबाट ३ सय ४७ जनाले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए, जसमध्ये दोस्रो चरणका लागि १ सय १४ प्रतिस्पर्धि छनौट भएका थिए । देशमा नाकाबन्दीको प्रभावले कार्यक्रमहरुमा असर पु¥यायो ।

तैपनि विविध कठिनाईका बावजुद पुनः सोहि स्थानहरुमा गई तेस्रो चरणको लागि ३५ जना छनौट भएका थिए । त्यसपछि ३५ बाट १५ र १५ बाट १० जना प्रतिस्पर्धिहरु आगामी बैशाख १ गते हुने फाईनलका लागि  भिड्ने छन्  । नयाँ वर्षको शुरुवातमा सबैको मनमा नयाँ जोस जाँगर सहित नयाँ काम को शुरुवात गर्ने भएकोले यस दिनलाई उत्सवको रुपमा मनाउन कला केन्द्र लागिरहेको छ । यस वर्षलाई मकवानपुरको शान अर्थात एक जनाको भाग्य रेखा कोर्ने दिन तथा नयाँ वर्ष भएकोले पनि थाहा कला केन्द्रले सोहि दिन कार्यक्रम गर्नको लागि तयार भएको हो । सो कार्यक्रमलाई सबै मिलेर सहयोग गर्नुपर्ने र मकवानपुर आइडल सफल भएमात्र आफूहरु पनि सफल हुने स्थानीय वुद्धिजीवीहरु बताउँछन् ।



सबैको साथ सहयोगमा मकवानपुर आईडल सफल तरिकाले समापन गर्नको लागि थाहा कला केन्द्रले सबैमा अपेक्षा समेत गरेको अध्यक्ष सानोबाबु मोक्तानले बताए । यसै शिलशिलामा थाहा कला केन्द्र प्रति तपाईको धाराणा के छ ? भनेर विभिन्न व्यक्तित्वहरुसंग प्रतिक्रिया लिइएको छ , प्रस्तुत छ ति प्रतिक्रियाहरुका सम्पादीत अंशः

मकवानपुर जिल्लालाई चिनाउने काम भएको छ 

सानोभाई कार्की, प्राचार्य,  श्री जनकल्याण उच्च मावि तथा अध्यक्ष, अखिल नेपाल शिक्षक संगठन
२०७२ सालको विपतकालिन र संकटको अवस्थामा बालबालिका देखि वृद्ध वृद्धासम्मलाई चर्किएको घाउमा मल्हमपट्टि लगाउने र गीत संगीतको माध्यमले मनका घाउलाई शान्त पार्न समेत थाहा कला केन्द्रले गर्न सफल भएको छ । युवाहरु पछिल्लो समय प्राय मदिराजन्य पर्दाथ तथा जुवा तास जस्ता कुलतमा लागिरहेको अवस्थालाई सांगितीक तरिकाले टाढा राख्नको लागि अहम भूमिका खेलिरहेको छ  । 

त्यति मात्र नभई कला केन्द्रले पिडितलाई मनोरञ्न प्रदान गर्दै स्थानीय स्तरमा रहेका कलाकारहरु उत्पादन गरि मकवानपुर जिल्लालाई चिनाउने उद्देश्यले मकवानपुर आईडल गररिरहेको प्रति खुसि लागेको छ । आगामी दिनमा छाँया परेका, बाहिर निश्कन नसकेका प्रतिभाहरुलाई खोजि खोजि प्रस्फुटन गर्नको लागि निरन्तर रुपमा योजना बनाउदै अगाडि बढ्न सफलताको  शुभकामना । 

समाज परिवतर्न गर्नु पर्छ भन्दै हिँडेका यस थाहा कला केन्द्रका यूवाहरुका जमातलाई स्थानिय संस्था, स्थानिय निकाय,सरकारी गैरसरकारी संस्थाहरुले उत्साह ,सकारात्मक सोचका साथ सल्लाह सुभाव दिन, सहयोग गर्नको लागि आफु पनि तत्पर छु र  सबैलाई अपिल समेत गर्छु । 

यो योगदान अतुलनीय छ 

अनिल लामिछाने, प्रशासन शाखा प्रमुख, 
थाहा नगरपालिकाको कार्यालय 
कला र संस्कृतिलाई जर्गेना गर्ने कार्यमा इट्टा थप्ने काम भएको छ । जिल्लालाई नै प्राथामिकतामा राखेर थाहा कला केन्द्रले गायनको माध्यमबाट नगर देखि जिल्ला र देशमै चिनाउनेको लागि पहल गरिरहेको छ । यो वाश्तवकै सकारात्मक कदम हो । 

यसलाई नगर पालिकाकले पनि प्रोत्साहन गर्न जरुरी छ , यही ठानेर नगर पालिकाले पनि १ लाख रुपैंया आर्थिक सहयोग गरेको हो । समाजलाई परिवर्तन गर्छु भन्दै हिँडेका यूवाहरुको कार्य अत्यन्त महान् छ । महाभूकम्पको त्रासबाट त्रसित भइरहेका जनमासमा मनोवैज्ञानिक त्रासलाई कम गर्नको लागि थाहा कला केन्द्रले सांस्कृतिक क्षेत्रले पु¥याएको यो योगदान अतुलनीय छ  । 

अत्यन्त स्वागतयोग्य कदम हो


बिनोद लामा, सचिव, थाहा नगर कमिटी, एनेकपा माओवादी
कला र सस्कृति मावन समाज कै अभिन्न अंग हो, कला संस्कृति बेगरको मानव समाजको कल्पना गर्न सकिँदैन । त्यसैले थाहा कला केन्द्रले जुन ढङ्गले युवा साथीहरुले भूकम्प पछाडि धेरै कुराले नेपालीहरुलाई मानसिक रुपमा आघात परेका मनहरुलाई मनोरञ्जनबाट कम गर्नको लागि सफल हुनुभएको छ, यो अत्यन्त स्वागतयोग्य कदम हो । 

भूकम्पका बेला विभिन्न निकायहरुबाट भौतिक सामानहरु बाँडे तर भौतिक सामानहरुले मानिसको मनसपटलमा परेको असरलाई कम गर्नको लागि त्यस्तो भूमिका निर्वाह गरेन । तर गायनबाट केहि हद सम्म त्यो पिडा बिर्साउने काम भएको छ । फेसबुकबाट कला संस्कृति जोगाउने खालको पोष्ट तथा सकारात्मक कार्य गरिरहेको कला केन्द्रलाई कुनै पनि पार्टी नजोडि सबैले आफ्नै सम्झि साथ र सहयोग गर्नु आवश्यक छ ।

पिडामा सांगीतीक माहोल थपेको छ 

चिनिया लामा, प्रमुख,  प्राथमिक स्वास्थ्य केन्द्र दोबाटो
यूवाहरुलाई कुलतबाट छुटाउन, वृद्धाहरुलाई आफ्नो तनाबबाट मुक्त गराउन, बच्चाहरुलाई बाल पारिवारिक रुपमा शिक्षा दिन थाहा कला केन्द्रले महत्वपूर्ण भूमिका खेलेको छ । महा भूकम्पले क्षत विक्षत भएको मकवानपुर जिल्लामा हजारौँका घरहरु भत्कनुको साथै धेरै मानिसको ज्यान समेत लग्यो । 

यस्तो विषम परिस्थिीतिमा पनि थाहा कला केन्द्रले सांगितिक माहोल बनाई भूकम्प प्रभावितहरुको भित्री मन देखिको दुखाईलाई कम गराउनको लागि थाहा कला केन्द्रले ठूलो भूमिका खेलेको छ ।

लुकेको प्रतिभाहरुलाई उजागर गरेको छ  

शुभराज गोले , शिक्षक, सुन्दरी देवी मा.वि, आग्रा एवं संयोजक गोगने, डाँडाखर्क एम्बुलेन्स सहयोगार्थ फेसबुक अभियान 
थाहा कला केन्द्रले बैशाख १२ को विनाशकारी भूकम्प पश्चात मकवानपुर जिल्लाको धेरै ठाउँहरुमा यस किसिमको गायन प्रतियोगिताले भूकम्प बाट क्षत विक्षत आत्मा तथा मनहरुलाई सान्त्वना दिने प्रयास ग¥यो ।  
यसको साथसाथै लुकेर बसेको प्रतिभाहरुलाई उजागर समेत गरेको प्रति खुसि छों ।  भूकम्प पछिको पिडालाई थाहा कला केन्द्रले प्रभावितहरुलाई सहनुभुति दिलाउल सफल रहेको छ । 

होस्टेमा हैँसे गर्नु हामी सबैको कर्तव्य हो

राजिव स्याङतान, अध्यक्ष, जनकल्याण उच्च मावि विद्यालय व्यवस्थापन समिति
विभिन्न संस्थाहरुले भूकम्प पिडितहरुमा गाँस,बास कपास तर्फ केन्द्रित भई कार्यक्रमहरु गरे भने थाहा कला केन्द्रले भूकम्प पिडितहरुको मनमा रहेको पिर चिन्तालाई शान्ता पर्ने कार्य गर्यो ।  महाभूकम्प पछि मकवानपुर जिल्लाको पहिलो र महत्वपूर्ण कार्यक्रम नै मकवानपुर आइडल हो । 

मकवानपुर जिल्लाको विभिन्न ठाउँका विद्यार्थीहरुको मनमा परेको मनोसामाजिक समस्यालाई तोड्दै विद्यालयमा जाने वातवरण समेत बनाएको छ केन्द्रले । विद्यार्थीहरुको लागि किताबी ज्ञान मात्र नभई हरेक कुराको ज्ञान आवश्यक पर्ने छ ।  मकवानपुर आइर्डलले सबैमा सकारात्मक सोच पैदा गराएको छ । यो अभियान सफल पार्न होस्टेमा हैँसे गर्नु हामी सबैको कर्तव्य हो । 


0 comments

Write Down Your Responses