Powered by Blogger.
विकास सहजकर्ता’ बिडारी सम्मानित



जनक लामा

बज्रबाराही, २६ चैत ।  लामो समयदेखि शैक्षिक विकासका क्षेत्रका अध्ययन अनुसन्धान गर्दै आइरहनुभएका सामाजिक कार्यकर्ता तथा विकास सहजकर्ता रामकुमार बिडारी ‘राजन’ सम्मानित भएका छन् । 

बिडारीलाई जीवन उपयोगी शिक्षामा आधारित व्यवहारिक परिवर्तन सम्वन्धी १ वर्षे मासिक कक्षा सञ्चालन गर्नुभएको भन्दै थाहा नगरपालिका स्थित सुनौला माविले सम्मान गरेको हो ।

उक्त माविको वार्षिक नतिजा प्रकाशनन तथा अभिभावक भेलाको अवशरमा शुक्रबार बिडारीलाई सम्मानपत्र सहित विद्यालयका प्रधानअध्यापक कृष्णप्रसाद लामिछाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी गोपालीले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।

कार्यक्रममा सुनौला माविका प्रधानअध्यापक लामिछानेले वार्षिक नतिजा सार्वजनिक गर्दै आगामी वर्षको लक्ष तथा कार्ययोजना प्रश्तुत गर्नुभएको थियो ।

व्यवस्थापन समितिका अध्यक्ष गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहजकर्ता बिडारीले जीवन उपयोगी प्राविधीक तथा व्यवसासायिक शिक्षाका बारेमा प्रकाश पार्नुभएको थियो । 

विद्यालयका शिक्षकद्धोय मिना महर्जन बिडारी तथा देबेन्द्र गोपालीले सञ्चालन गर्नुभएको कार्यक्रममा करिव २ सय अभिभावकहरुको उपस्थिति रहेको थियो ।

विद्यालयले समग्र नतिजामा ८० प्रतिशत सफलता हात पारेको छ । कार्यक्रममा विद्यालयभरीबाट उत्कृष्ट नतिजा ८८ प्रतिशत ल्याउन सफल  कक्षा ७ का विद्यार्थी सामोयल भोम्जन, उत्कृष्ट अनुशासनतर्फ कक्षा ९ का अनिता बलामी र उत्कृष्ट सरसफाई तर्फ कक्षा केजीका गुञ्जन गोपाली  तथा अन्य प्रथम, द्धितीय र तृतीय हुने विद्याथीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । 
यसैबिच बज्रबाराही उच्च माविले पनि २०७२ सालको नतिजा सार्बजनिक गरेको छ । 

पुण्य श्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यसोधा अधिकारीको सभाध्क्षतामा नतिजा सार्बजनिक कार्य सम्पन्न भएको हो । सञ्चारकर्मी एवम् स्थानीय लोकगायक मुक्तिनाथ उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक रमेशमान डंगोलले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक बालमुकन्द सुुबेदीले नतिजा सार्बजनिक गर्नुभएको थियो ।  

0 comments

Write Down Your Responses