Powered by Blogger.
भोली पालुङमा गगन थापा आउँदै


पालुङ, २७ चैत । नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापा एक प्रशिक्षण कार्यक्रममका लागि भोली थाहा नगरपालिका आउनुहुने भएको छ । 

थाहा नगर पालिका लगायत उत्तरी मकवानपुरका काक्ग्रेसी कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न थापा पालुङ आउन लाग्नुभएको हो ।  कार्यक्रममा काँग्रेसको विचार र सिद्धान्तमा आस्था राख्ने, नेपाली काँग्रेस साधारण सदस्य तथा क्रियाशिल सदस्यहरुलाई उपस्थितिका लागि आग्रह गरिएको छ । 

हालै सम्पन्न नेपाली काँग्रेसको ममहाधिवेशनमा महामन्त्रीको उमेद्वारका रुपमा समेत प्रस्तुत भएका प्रखर वक्ता  थापाले समसामयिक राजनीति र नेपाली काँग्रेसका कार्यबर्ताहरुको अबको दायित्वबारे प्रशिक्षण दिने बताइएको छ ।  

जेसिज सभा हलमा विहान ११ बजे हुने उक्त कार्यक्रका लागि अनिवार्य उपस्थिति जनाउन नेपाली काँग्रेस थाहा नगरपालिका इकाई कमिटिले अनुरोध गरेको छ  । 

0 comments

Write Down Your Responses