Powered by Blogger.
चोभार डाँडामा मकवानपुरेहरुले यसरी गरे रमाइलो


काठमाडौं, ५ चैत । नेकपा(एमाले) मकवानपुर काठमाडौं सम्पर्क मञ्चको आयोजनामा नयाँ वर्ष २०७३ को अवशरमा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार चोभारमा भएको वनभोजमा  स्थायी कमिटी सदस्य तथा सम्पर्क  विशेष समन्वय कमिटीका प्रमुख छबिलाल विश्वकर्म प्रमुख अतिथी हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथी विश्वकर्माले स्थानीय निकायको चुनाव तत्काल गरिनुपर्ने र एमाले कार्यकर्ता पंती पहिलो पार्टी हुनका लागि गाँउ केन्द्रीत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रीय लेखा परिक्षण आयोगका सदस्य पिवी गोले,  मकवानपुरका सांसद सुभाषचन्द्र ठकुरी, राजाराम स्याङ्तान, नारायणी अञ्चल सम्पर्क कमिटीका अध्यक्ष अशोककुमार ठकुरी सदस्यहरु भद्रबहादुर गोले, शन्तराम बिडारी, देवराज केसी,  मकवानपुर जिल्ला कमिटी सदस्य द्धोय ध्रुवप्रसाद चौलागाँई, गौतमवुद्ध लामा, सम्पर्क मञ्चका सल्लाहकार समिति सभापती सुरेन्द्र नकर्मी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा मकवानपुरे गायिका निर्मला घिसीङ र छेवाङ तेन्जीङ लामाले गीत प्रस्तुत गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथी विश्वकर्मबाट मञ्चका पूर्व अध्यक्ष समेत रहेका सिताराम दाहाल हालै सम्पन्न नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनको सातौं महाधिवेशनबाट  केन्द्रीय अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको भन्दै खादा ओढाएर सम्मान गरिएको थियो । 

कार्यक्रममा बाल चित्रकला प्रतियोगिता र म्युजीकल चियर प्रतियोगिचता आयोजना गरिएको थियो । चित्रकला प्रतियोगितामा अश्मी ठकुरी प्रथम र म्युजीकल चियरमा जितबहादुर मगर र सबिता बिडारी पुरस्कृत भएका थिए । 

यसैबीच शनिवार नै बारा काठमाडौं सम्पर्क मञ्चले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल लगायत सहभागी थिए । 





0 comments

Write Down Your Responses