Powered by Blogger.
मनहरीमा बैशाख ११ गते बृहत सांस्कृतिक कार्यक्रम हुने


मनहरी,बैशाख/५
पश्चिमी मकवानपुरको ब्यापारिक केन्द्र मनहरीमा यहि बैशाख ११ गते बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । मनहरी यूथ भिजनले आज हेटौँडामा पत्रकार सम्मेलन गरी मनहरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक सेवा सञ्चालनमा सहयोग गर्ने उद्देश्यका साथ सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको छ । सांस्कृतिक कार्यक्रममा सहभागी हुनको निम्ति आयोजकले सबैसंग अनुरोध गरेको छ । सांस्कृतिक कार्यक्रमबाट १० लाख संकलन गर्ने अपेक्षा राखिएकोमा कार्यक्रम सम्पन्न गर्न करिब सातलाख रुपैँया खर्च भिजनका अध्यक्ष शंकर श्रेष्ठले बताउनुभयो ।

0 comments

Write Down Your Responses