Powered by Blogger.
पाटन अस्पतालका विद्यार्थी बज्रबाराहीको सामाजिक अवस्थाको अध्ययन गर्दै


काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान छैठौं व्याचका प्रथम वर्षका विद्यार्थीहरु  थाहा नगरपालिका स्थित बज्रबाराही आई पुगेका छन् । पुण्यश्री बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा प्रतिष्ठानका १७ विद्यार्थी बज्रबाराही आएका हुन् । 

विद्यार्थीले साबिकको बज्रबाराहीको वडा नं १ देखि ८ सम्म अध्ययन तथा अनुगमन गर्ने छन् । टोलीले समुदायमा आधारित शिक्षण सिकाई अन्तर्गत महिला स्वयम सेविकाको काम कर्तव्य तथा बज्रबाराहीको आर्थिक सामाजिक र सांस्कृतिक अवस्थाको अध्यय गर्ने जनाइएको छ । 

५ दिन सम्म बसेर अध्ययन अनुसन्धान गर्ने विद्यार्थीलाई साबिकको बज्रबाराहीको वडा नं १ देखि ८ सम्मका घरमा २ जनाको दरले बस्ने व्यवस्था मिलाईएको पुण्यश्री बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष यसोधा अधिकारीले जानकारी दिनुभयो । 

सहर केन्द्रित सेवालाई गाँउ केन्द्रित गर्ने यद्देश्यले ५० प्रतिशत छात्रवृद्धिमा अध्यापन गराउने र प्रतिष्ठानले तोके अनुसारको क्षेत्रमा विद्यार्थी जाने सेवा प्रदान गर्ने गरेको प्रतिष्ठानका लेक्चर कृष्ण जीसीले बताउनु भयो । अहिले सम्म ग्रामीण समुदायमा चक्की खुवाउने, सुई लगाउने उपायलाई मात्र उपचार भन्ने विश्वास गरिएकोमा परिवर्तन गरि अन्य विविध कुराहरुबाट उपचार हुन सक्ने भन्ने बारेमा सिक्नु र सिकाउनु पाउनु नै सुनौले अवसर रहेको कक्षा प्रतिनिधि निरञ्जन पुरीले बताउनु भयो ।

प्रतिष्ठानका विद्यार्थीहरुले विविध क्षेत्रको अध्यययन तथा अनुसन्धान समेत गर्ने बताइएको छ ।

0 comments

Write Down Your Responses