Powered by Blogger.
भागभण्डाको राजनीति अन्त्य हुनुपर्ने: पौडेल



ह्टौँडा,वैशाख/६  नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले भागबण्डाको राजनीति अन्त्य गर्नुपर्ने बताएका छन् । नेबि संघको ४७ औं स्थापना दिवसको अवसरमा जिल्ला समिति मकवानपुरले गरेको शुभकामना आदान प्रदान एवम स्मारीका बिमोचन कार्यक्रममा पूर्व नेबि संघ केन्द्रिय सभापति समेत रहेका नेता पौडेलले काँग्रेसका हरेक तहमा संगठनलाई सुदृढ गरेर लैजान सक्नु पर्ने बताउनु भयो ।

नेबि संघ मकवानपुरको युग आवाज नामक मुखपत्रको विमोचन नेता पौडेल सहित केन्द्रिय सभापति रञ्जीत कर्ण र नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् सभासद इन्द्रबहादुर बाँनीयाले संयुक्त रुपमा गरेका हुन् । नेबि संघ जिल्ला सभापति महेन्द्र राउतको सभाध्यक्षमा भएको कार्यक्रममा पूर्व जिल्ला सभापतिहरु भुपेन्द्र कोइराला, दिनेश उपाध्याय, रामचन्द्र अर्याल माइकल, प्रदिपलाल श्रेष्ठ, विष्णु लामिछाने, इश्वर पण्डीत लगायतलाई सम्मान गरिएको थियो ।

 कार्यक्रमका सभापति राउतलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा रञ्जीत कर्ण, इन्द्रबहादुर बाँनीया, रामचन्द्र अर्याल माइकल। रिता खनाल, भुपेन्द्र कोइराला, हिमाल श्रेष्ठ, रामप्रसाद अधिकारी, कुमार पौडेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

0 comments

Write Down Your Responses