Powered by Blogger.
आग्रामा जिल्ला स्तरीय भलीबल, गृहमन्त्रीले शनिबार समापन गर्ने


मकवानपुर, ८ बैसाख । कालीदेवि युवा समुहको आयोजना तथा कालीदेवी बहुउद्देसीय सहकारी संस्थाको समन्वयमा मकवानपुरको आग्रामा मकवानपुर जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

आग्रा गाविसको कार्यलय सहायक चन्द्र बहादुर थिङले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । बुधबार भएको खेलमा बागेश्वरी युवा क्लबले हिमाली डाँफे युवा क्लवलाई र बज्रबाराही युवा क्लवले ग्रीन कम्युनिटी युवा क्लबलाई पराजित गर्दै अगाडि बढेको कालीदेवि बहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष तथा खेल संयोजक नेमराज थिङले जानकारी दिनुभयो ।

‘खेलकुद विकासको निम्ति कालीदेविको प्रयास, डाँडाबास आन्तरिक पर्यटन विकासको अभ्यास भन्ने नाराको साथ आयोजना गरेको प्रतियोगितामा  मकवानपुर जिल्ला भरीका ७ वटा टिमको बीचमा प्रतिस्पर्धा भईरहेको छ । 

प्रतियोगितामा प्रथम हुनेले ५० हजार ५ सय रुपैंया, द्धितीय हुनेले ३० हजार ३ सय र तितृय हुनेले २० हजार २ सय नगद सहित प्रमाण पत्र, मेडल र शिल्ड प्राप्त गर्ने छन् ।  विभिन्न ४ विधाका ४ उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । ७३ बैशाख ११ गते पुरस्कार तथा विविध साँस्कृतिक कार्यक्रमका साथ गृहमन्त्री शक्तिबहादुर बस्नेतले प्रतियोगिताको समापन गर्नुहुने भएको छ ।

0 comments

Write Down Your Responses