Powered by Blogger.
सिमेन्टरोडमा रिकभरीङको शाखा


मकवानपुर । लागुपदार्थ तथा मादकपदार्थ दुव्र्यसनीहरुको उपचार तथा पुर्नस्थापनाको कार्य गर्दै आइरहेको मकवानपुर रिकभरिङ समूहले बुधबार हेटौँडा–९ सिमेन्टरोडमा शाखा विस्तार गरेको छ । 

बुधबार मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीले कार्यालयको उद्घाटन गर्नु भएको हो ।  सुमार्गीले समाजका युवाहरु समुन्नत भएमा प्रहरीको आवश्यकता नपर्नेमा जोड दिनु भएको थियो । लागू पदार्थ सेवन गर्ने व्यक्तिहरु समाजबाट अपहेलित हुने गरेको बताउँदै अविभावकको कमजोरीले घर–परिवारमा दुव्र्यसनीको सेवन गर्ने तथा कुलतमा फस्ने गरेको बताउनु भयो । 

प्रोत्साहन सँगै पुर्नवासको पनि जरुरी रहेकोले कुलतमा लागेकाहरुलाई छुटाउँदै सभ्य समाज निमार्ण गर्नु नै सबै भन्दा महत्वपूर्ण कार्य रहेकोले केन्द्रले यस तर्फ ध्यान दिनु पर्ने आग्रह समेत गर्नु भयो । समाजसेवी तथा संस्थाका सहयोगी अजित राईले गत दिनहरुमा थोरै मात्रमा लागुपदार्थमा लागेका मानिस रहेको बताउर्दै हाल मकवानपुर जिल्लामा अत्याधिक रुपमा  लागुपदार्थ तथा मध्यपानमा लागेका मानिस रहेको बताउनु भयो । 

यस्तो अवस्था अविभावको  लापरवाहीले यस्तो अवस्था आएको बताउनु भयो । यस प्रवृतीलाई अन्य गर्नको लागि संस्थाले महत्वपूर्ण भुमिका खेल्नको लागि शुभकामना दिँदै सबैले संस्थालाई सहयोग गर्नु पर्ने समेत बताउनु भयो । त्यस्तै जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले कला संस्कृतिको नाममा लागुपदार्थ तथा मादकपदार्थ समेत प्रयोग गर्दै आइरहेकोले समाज पछाडि परेकोे ठोकुवा गर्नु भयो । 

स्थानीय निकाय, प्रहरी प्रशासन देखि समुदाय सम्म एउटा साझा कार्यक्रम बनाएर हिँडेको खण्डमा यस्ता खालका समस्या अन्त्य हुने विश्वास व्याक्त गर्नु भयो । लागुपदार्थको निराकरण, नियन्त्रण,नियमन गर्न प्रहरी लागी परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रमुख मिरा चौधरीले बताउनु भयो । चौधरीले दुव्र्यसनी सम्बन्धि ८२ वटा मुद्धा कार्यालयमा दर्ता भएको मध्ये ६३ वटा मुद्धा लागुऔषध सम्बन्धी रहेको बताउनु भयो । 

गएको ३ वर्षमा डेढ सय बिगाह गाँजा फडाँनी गरेको र  २०७२ सालमा ८ सय ६२ विगा गाँजा र ७८ अफिमका विरुवा नष्ट गरेको बताउनु भयो । गत वर्षहरुमा अत्याधिक लागुपदार्थमा सेवन गर्ने भेटिएको र जिल्लामा पुरुष सँगै महिलाको पनि वृद्धि भएको बताउदै सबैले यस्ता कुलतमा लागेका व्यक्तिहरुलाई सुधार केन्द्रमा पठाउनको लागि अग्रह समेत गर्नु भयो । 

सदैव प्रहरी प्रशासनले गर्नु पर्ने साथ सहयोग गर्नको लागि तयार रहेको बताउनु भयो । कार्यक्रममा शाखा कार्यालयका कार्यक्रम संयोजक सौजन डिसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा संस्थाका मकवानपुर रिकभरिङ समुहका अध्यक्ष दिपु तामाङको सभाध्यक्षतमा भएको  थियो । कार्यक्रममा मामाघर नेपालका अर्पण पराजुली, तपेन्द्र शाही लगायतको उपस्थित रहेको थियो ।

0 comments

Write Down Your Responses