Powered by Blogger.
अब राष्ट्रिय सहमतिको सरकारः नेपाल


हेटौंडा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकारले मात्र संविधान कार्यान्वयन गर्न सक्ने बताएका छन् । नेकपा एमाले सम्बद्ध नेपाल बैंक कर्मचारी संघको बुधबार हेटौँडामा दशौं महाधिवेशन उद्घाटन गर्दै उहाले संविधान कार्यान्वयनको लागि सबै पार्टी एक ठाउँमा उभिनुपर्ने बेला आएको बताउनुभयो । 

जतिसुकै राम्रा काम गरेपनि प्रतिपक्षले सरकारको बिरोध गर्नैपर्ने प्रवृत्ति स्थापित हुँदै गएकाले पनि संविधान कार्यान्वयनको सामुहिक जस लिन राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको उनको तर्क छ । तर राष्ट्रिय सरकार कसको नेतृत्वमा भन्ने विषयमा उनले स्पष्ट पारेनन् । राष्ट्रिय सहमतिको सरकार नभएकै कारण भूकम्प पीडितले राहत पाउन ढिलाई भएको नेता नेपालको भनाई थियो । 

मुलुककै पुरानो बैंक सम्बद्ध कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आत्मनिर्भर अर्थतन्त्र विकास गरेर अघि बढ्नुपर्ने बताए । देशलाई अस्थिरतामा राख्ने अब कुनै बहाना बाँकी नरहेकाले देशलाई आर्थिक विकासको चरणमा प्रवेश गराउनुपर्ने उनले बताए । आर्थिक क्रान्तिबिना मुलुकले सम्बृद्धि प्राप्त गर्न नसक्ने भएकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने नेता नेपालको भनाई थियो । 

संघका अध्यक्ष हिमालकुमार कपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय बिरोध खतिवडा, विश्वनाथ प्याकुरेल, जिल्ला अध्यक्ष मुनु सिग्देल लगायतको शुभकामना ब्यक्त गर्नुभएको थियो । महाधिवेशनले ४२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछन ।

0 comments

Write Down Your Responses