Powered by Blogger.
विचार त्याग्ने कुरा भ्रम ः थापा


हेटौंडा, बैशाख १२÷ राप्रपा नेपालका नेता तथा सांसद गणेश थापाले राप्रपा नेपालले विचार त्याग्ने कुरा भ्रम भएको वताउनु भएको छ ।असहज परीस्थितीमा समेत पार्टिले निति विचार सिद्धान्त वोकेको हुदा पछिल्लो समय विचार त्यागेको भन्नु भ्रम भएको उहले वताउनु भयो । राप्रपा नेपाल छातीवन ४ न वडा समितिले आयोजना गरेको नया बर्षको शुभकामना आदन प्रदान तथा पार्टि प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दे थापाले मकवानपुरको विकास निर्माण र मकवानपुरे जनाताको शुखःदुखनै आफ्ने चासो र महत्वको विषय भएको वताउदै ,राप्रपा नेपालले लिएको विचार सिद्धान्त र नितिमा अडिग रहन कार्यकर्तालाई आग्रह गर्नु भयो । सवै राजनैतिक दल र नेता हरुले भोटको राजनितीलाई प्राथमिका दिएको भन्दै थापाले आफुले राजनितीलाई समाज सेवाको रुपमा लिएको स्पट पर्दै पार्नु भयो । मकवानपुरले जनताको अनुहारमा हासो खुसी देखिए राजनिति पुर्ण हुने भन्दै  आफु ब्यवहार मुखी भएको पनि उहाले वताउनु भयो । त्यस्तै थापाले  विकास निर्माणमा आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै विकास प्रेमी र क्षमतावान नेता कमल थापालाई विना पुर्वाग्रह सहयोग गर्न पनि अग्रह गर्नु भयो । राप्रपा नेपालको विचार र  सिद्धात्त गौरवको कुरा भएकोले आफुले त्यस विचार लाई वोकेर अगाडि वढेको र वढिरहने पनि थापाले प्रण गर्नु भएको थियोे । सभामा वोल्दै राप्रपा नेपालका केन्द्रिय सदस्य दिपक बहादुर थापाले राप्रपा नेपाललार्ई देशकै पहिलो शक्ति वनाउन संगठन वलियो वनाउनु  पहिलो आवस्यकता रहेको भन्दै सकृय भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नु भएको छ । त्यस्तै अर्का केन्द्रिय सदस्य मधु् अधिकारीले पछिल्लो समयमा पार्टिको विकास र विस्तारमा नेत्तृत्वको महत्व पुण भुमिका रहेको र अवको योजना मकवानपुुर लाई राप्रपा नेपालमय वनाउन सवै लागी परेकाले अव यसलाई कसैले रोक्न नसक्ने वताउनु भयो । , कार्यक्रममा केद्रिय सदस्य तथा उप प्रधान मन्त्रि कमथापाका राजनैतिक सल्लाहाकार राजा राम बर्तौला, ३ नं क्षत्रिय अध्यक्ष राजाराम अर्याल ,युवक संगठन जिल्ला अध्यक्ष अर्जुन ढुगाना लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।आज भएको कार्यक्रमका विच दर्जनौ को सङयामा विभिन्न पार्टि परीत्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका छन् । एमाले , नेपाली काग्रेस, माओवादि लगाएत पार्टि परीत्यग गरी पार्टि कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेको जनाइएको छ । नव प्रवेशि हरुलाई सांसद गणेश थापाले स्वागत तथा पार्टि ससदस्यता प्रदान गर्नु भएको थियो ।

0 comments

Write Down Your Responses