Powered by Blogger.
सदाचारी पार्टी आवश्यक : खनाल




हेटौडा,१६ वैशाख / नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालया सदस्य एवम जनपरिचालन विशेष कार्यदलका सदस्य मुमाराम खनालले देशमा सदाचारी पार्टी आवश्यक रहेको बताउनुभयो । नयाँ शक्ति नेपाल नै सदाचारी पार्टी हुनेतर्फ इंगित गर्दै राजनैतिक विश्लेषक खनालले फरक पार्टी निमार्ण गर्ने अन्तिम चरणमा आफुहरु लागिपरेका छौं, अन्तरिम जिल्ला परिषद् मकवानपुरले आयोजना गरेको अन्तरिक्रियामा उनले शान्ति नभई देश आर्थिक समुन्नतीमा जान नसक्नेमा स्पष्ट हुन आग्रह गर्नुभयो । 
त्यस्तै विशेष कार्यदलका अर्का सदस्य केशव दहालले नेपालका पार्टीहरुको भिडमा आर्थिक समृद्धिको नारा बोकेर नयाँ शक्ति पार्टीको उदय हुने बताउनुभयो । त्यस्तै अर्का सदस्य गंगा नारायण श्रेष्ठले हामी शन्ति र समृद्धि चाहन्छौं यस कुरा राजनैतिक  ठुला दल होस या सरकार होस् उसले बुझ्न जरुरी रहेको बताउनुभयो । आफुहरुको समृद्धिको खाका सरकार र ठुला दललाई समेत मान्यता हुने खालको रहको ठोकुवा गर्नुभयो । 
जिल्ला संयोजक प्रल्हाद लामिछानेले संयोजन गर्नुभएको कार्यक्रमलाई आमन्त्रित सचिवालय सदस्य  सोनाम सिंह स्याङतानले धन्यवाद सहित समापन गर्नुभएको थियो । विशेष आर्थिक समृद्धिलाई आधार बनाएर सञ्चालन गरिएको कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित व्यक्तित्वहरुको जिज्ञासालाई कार्यदलका सदस्यत्रयले सम्वोधन समेत गर्नुभएको थियो ।  
हेटौंडाको पल्पसा सभाहलमा गरिएको कार्यक्रममा उपस्थित जनसमुदायको चापलाई देख्दा साच्चै नयाँ शक्तिप्रति हरेक तह तप्कामा आकर्षण रहेको भन्दै आफुहरु उत्साहित रहेको संयोजक लामिछानेको प्रतिक्रिया थियो । नयाँ शक्ति नेपाल अन्तरिम जिल्ला परिषद् मकवानपुरले आयोजना नेपालमा आर्थिक समृद्धिका आधारहरु विषयक अन्तरक्रियामा निबन्ध लामा, विवेक वाइवा, ज्योति रायमाझी सहित जिल्लाका बुद्धिजिविहरुको उपस्थिति रहेको थियो । 

0 comments

Write Down Your Responses