Powered by Blogger.
हेटौँडामा एक हप्ते रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु


हेटौडा,१५ वैशाख /  रेडियो आकाश गंगा ८८.५ मेगाहर्जको आयोजनामा वुधबार देखि मकवानपुरको सदरमुकाममा एक हप्ते रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु भएको छ । निहारिका मिडिया प्रालि द्वारा सञ्चालित रेडियो आकाश गंगा मार्फत एक हप्ताका लागि रेडियो स्टेसनको भवनमा तालिम सञ्चालन गरिएको हो । तालिममा ब्यक्तित्व विकाश,नेतृत्व बिकास सम्बनधी प्रशिक्षण दिईने निहारिका मिडिया प्रालिका अध्यक्ष तथा रेडियो आकाश गंगाका प्रवन्धक निर्देशक गंगा प्रसाद पौडेलेले बताउनु भएको छ ।

एक हप्ते तालिममा रेडियो तथा प्राविधिक, रेडियो कार्यक्रम संचालन, समाचार लेखन तथा वाचन, रेडियो कार्यक्रम उत्पादन, फिचर लेखन, विज्ञापन संकलन ब्यक्तित्व बिकास, बोल्ने कला तथा पत्रकारिता सम्बन्धी बिषयबस्तुहरुमा आधारित रहेर तालिममा प्रशिक्षण दिइने उहाले बताउनु भयो ।
 उहाँले सूुचना र सञ्चारको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन यो तालिमले महत्व पूर्ण भुमिका खेल्ने बताउनु भयो । तलिममा रेडियो आकाश गंगा ८८.५ मेगाहर्जका स्टेसन म्यानेजर मनोज ढोडारीले सबैलाई शुभकामना दिँदै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै भएकाले यसलाई सन्तुलनमा राखेर अगाडि बढ्नुपर्ने भन्दै सकारात्मक रुपमा सुचनाको माध्यमबाट सबैलाई सुसूचित गराउन यो तालिमले महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत व्यक्त गर्नु भयो ।
एक हप्तासम्म चल्ने तालिममा १६ जनाको सहभागीता रहेको छ । सो तालिममा लामो समय देखि प्रत्रकारिता गर्दै आउनु भएका न्यूज द्दद्ध तथा सञ्चार माध्यममा कृयशिल हेटौँडा सञ्चार प्रालिका अध्यक्ष देवराज पन्त,डेड दशक देखि प्रत्रकारितामा लागेका तथा सगरमाथा टेलिभिजनका, कालिका एफ,एम का सामचारदाता रुपेश दुलाल, रेडियो आकाश गंगा ८८.५ मेगाहर्जका स्टेसन म्यानेजर मनोज ढोडारी लगायतले सहजीरकण गर्नु हुनेछ ।

0 comments

Write Down Your Responses