Powered by Blogger.
मकवानपुर जिल्लाका १२ हजार वालवालिकाहरुलाई गर्मीको कपडा वितरण

हेटौडा,१५ वैशाख र बैशाख १२ को भुकम्पले प्रभावित १४ जिल्ला मध्ये मकवानपुर जिल्लाका १२ हजार वालवालिकाहरुलाई गर्मी समयको कपडा वितरण भएको छ । हेटौ।डा उपमहानरपालिका बाहेक जिल्ला भरिका भुकम्प प्रभावित ५ देखि १८ वर्ष सम्मका वालवालिकाहरुलाई कपडा वितरण गरिएको हो । युनिसेफको आर्थिक सहयोग तथा ग्रामिण महिला स्वावलम्बन संस्था र महिला तथा वालवालिका कार्यालय मकवानपुरको समन्वयमा कपडा वितरण गरिएको हो । आज बुधवबार दामन शिखरकोटमा रहेको चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्थाको स्थानीय सहकार्यमा २३ जना वालवालिकाहरुलाई कपडा वितरण गरिएको छ । सहकारी संस्थाका व्यवस्थापक सकुन्तला गोपाली, सहकारी व्यवस्थापन समितिका उपाध्यक्ष कविता विष्ट तथा महिला तथा वालवालिका कार्यालय मकवानपुरका सहायक महिला विकास निरिक्षक कविता पौडेलको रहोवरमा कपडा वितरण शुरु गरिएको हो । त्यसै गरि भोली बिहिबार पालुङ र बज्रवाराहीमा वितरण शुरु गरिने महिला तथा वालवालिका कार्यालय मकवानपुरका महिला विकास निरिक्षक दुर्गा घिमिरेले जानकारी दिनुभयो । बितरण बाँकी रहेका वालवालिकाहरुको लागि स्थानीय सहकार्य सहकारी संस्थाहरुलेनै वितरण गरिने भएको छ । यस अघि भिमफेदी, भैंसे, कोगटे र नाटारमा वितरण गरिसकिएको छ ।

0 comments

Write Down Your Responses