Powered by Blogger.
भूकम्पपीडित ७६ वर्षीया ठूलीमायालाई नयाँ घर



हेटौडा,१५ वैशाख /  मकवानपुरको टिस्टुङ–६ की ७६ वर्षीया ठूलीमाया स्याङ्तान भूकम्पले घर भत्काएको एक वर्षपछि नयाँ घरमा प्रवेश गरेकी छन् । अन्तर्रा्ष्ट्रिय गैर सरकारी संस्थाहरु टिएर फण्ड र राडो नेपालले रु ४ लाख ५० हजार खर्च गरेर उनका लागि नयाँ घर निर्माण गरिदिएका हुन् । टिएर फण्ड र राडो नेपालले पहिलो पटक मकवानपुरमा नमूना घर निर्माण गरी भूकम्पपीडितलाई हस्तान्तरण गरेका हुन् । मकवानपुरको आग्रा र टिस्टुङमा भूकम्प पीडितका लागि ३९ वटा नमून घर बनाईने राडो नेपालका अध्यक्ष कृष्ण धितालले बताए । नवनिर्मीत भवन एक समारोहकाबीच टिएर फण्डका कन्ट्री डाईरेक्टर दावा दिकास्त्रा र पुर्न्निर्माण प्राधिकरणका योजना अधिकृत प्रकाश देवकोटाले ठूलीमायालाई हस्तान्तरण गरेका थिए । भूकम्पले घर भत्काएपछि त्रिपालमुनी ओत लागेकी ठूलीमायाको दशैंको अष्टमीका दिन त्रिपालमा आगो लागेर जोडजाम गरेका सामान समेत जलेपछि विचल्ली भएको थियो । २४ वर्ष अघि पति गुमाएकी उनका दुई छोराको समेत किशोरावस्थामा मृत्यु भएको थियो । सुरजकुमार भुजेल ,

0 comments

Write Down Your Responses