Powered by Blogger.
रानीशेरा निमाविमा निशूल्क पूस्तक वितरण




हेटौँडा,बैशाख/५  मकवानपुरगढी गाविस वडा नं. १ स्थित रानीशेरा निमाविमा निशुल्क पुस्तक वितरण गरिएको छ । सरकारले बैशाख ५ गते सामुदायिक विद्यालयहरुमा भर्ना अभियान स“गै निशुल्क पाठ्य पुस्तक वितरण गर्ने दिनका रुपमा मनाउने निर्णय गरेसँगै रानीशेरामा वितरण गरेको विद्यालयका प्रधानाध्यापक सुन्दर सिं लोले जानकारी दिनुभयो । विद्यालयमा उपस्थिति भएका विद्यार्थीहरुलाई आज ३८ सेट पाठ्य पुस्तक वितरण गरेको बताइएको छ । विद्यँर्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति सदस्य लगायतका सहभागितामा पाठय् पुस्तक वितरण गरेको प्रअ लोले जानकारी दिनुभयो । कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीलाई पुस्तक वितरण गरेको उल्लेख छ । विद्यालयमा भर्ना अभियान नयाँ भर्ना भएका विद्यँर्थीलाई स्वागत कार्यक्रम पनि सञ्चालन भईरहेको उल्लेख गरिएको छ ।

0 comments

Write Down Your Responses