Powered by Blogger.
पौडेलद्वारा नयाँ शक्तिका उत्प्रेरकलाई हौसला


हेटौंडा, बैशाख/ ५ नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देबेन्द्र पौडेलले मकवानपुरमा भर्खरै चयन भएका उत्प्रेरकलाई हौसला दिदै विशेष आधार अभियान सञ्चालन गर्न निर्देशन दिनुभयो । राजधानी जाने क्रममा नयाँ शक्ति मकवानपुरको कार्यालय आइपुग्नुभएका पौडेलले जिल्लाका अगुवा कार्यकर्ताहरुलाई प्रत्येक गाविसमा सांगठनिक संरचना निर्माण गरि सदस्यता वितरण गर्न समेत निर्देशन दिनुभयो । त्यस्तै नयाँ शक्ति नेपालका ३ नम्बर प्रदेश संयोजक बलावती शर्माले हाम्रो सुझाव जनतामा र जनताको सुझाव नयाँ शक्तिका खाकामा राखेर सांगठनिक, राजनैतिक र आर्थिक प्रणालीको विकास गरिने प्रष्ट पार्नुभयो । शर्माले आगामी जेठ ३०, ३१ र ३२ गते काठमाण्डौंमा हुन लागेको नयाँ शक्ति नेपालको राष्ट्रिय भेलामा सरिक हुन समेत अपिल गर्नुभएको सहभागी ३ नम्बर  क्षेत्रिय संयोजक मिहिनबहादुर लामाले जानकारी दिनुभयो ।

नयाँ शक्ति नेपाल ३ नम्बर प्रदेश बैठकको निर्णयले क्षेत्र नं १ मा शेरबहादुर पहरी, २ मा ज्योति रायमाझी, ३ मा निवन्ध लामा र ४ मा विवेक वाइवालाई उत्प्रेरक चयन गरेको अन्तरिम जिल्ला परिषद् संयोजक प्रल्हाद लामिछानेले जानकारी दिनुभयो । नयाँ शक्तिको केन्द्रिय पार्टी नीति अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा अन्तरिम केन्द्रीय परिषद् सदस्यलाई उत्प्रेरक चयन गरिएको हो “उत्प्रेरकले संगठनलाई चुस्त र तन्दुरुस्त बनाउन आवश्यक पर्ने नीति योजना तयार पार्नुका साथै अनुगमन र मुल्यांकन गरि जनतालाई नयाँ शक्तिको औचित्य स्पष्ट पार्दछ ” लामिछानेले बताउनुभयो । अगुवा कार्यकर्ता भेलामा उपलब्ध अन्तरिम जिल्ला परिषद् सदस्यहरुको उपस्थिति रहेको लामाले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses