विद्यालयमा प्रहरी पुग्दै

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी मकवानपुरको संयुक्त रुपमा मकवानपुरको विभिन्न विद्यालयमा गई विद्यार्थीहरुलाई प्रशिक्षण दिदै जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी निरिक्षक कृष्ण बहादुर थापाले प्रहरी के हो रु प्रहरी संग कस्तो समवन्ध राख्नुर्पछ भने कुराको अवगत गराउदै हेटौडा लगायत आसपासका द्यिार्थीहरुलाई ट्राफिक सचेतना सम्वन्धि जनचेतनामुलक जानकारी गराउनु भएको हो ।
ट्राफिक चिन्ह सम्वन्धि पोष्टर समेत देखाई हेलमेट नलगाई मोटर चलाउदा दृर्घटनामा परेर ज्यान जाने खतरा रहेकोले आफ्नो अभिभावकहरुलाई सल्लाहा दिन उहाँले अग्रह समेत गर्नु भयो । बिद्यार्थी तथा यातायात मजदुरहरुको संयुक्तरुपमा सडक सुरक्षा सम्बन्धी प्रत्यक्ष ह्ेटौडाको बुद्ध चोक,सिमा चोक ,कान्त्रिराजपथ लगायतको ठाँउको जेव्राक्रसिङबाट वाटो पार गर्ने तरिको समेत सिकाइएको थियो ।
ट्राफिक सुरक्षा स्टल स्थापना गरी टाफिक सडक सुरक्षा प्रबर्धन गराउन जन चेतना मुलक सन्देशको क्यासेट प्लेयर राखी माईकि तथा र टाफिक जनचेतना मुलक पर्चा पम्प्लेट बाड्ने काम भएको छ । ट्राफिक सप्ताह २०७३ को समापन समारोह जेष्ठ १ गते हुने र टाफिक जनचेतनाबारे लेख रचना प्रकाशन गरिने र उत्कृष्ट रचनाहरुलाई पुरस्कृत गरिने प्रहरी निरिक्षक कृष्ण बहादुर थापाले बताउनु भयो ।
0 comments
Write Down Your Responses