जो सँग सूचना उहि शक्तिमान:प्रजिअ बिक

पुष्पलाल स्मृति पुस्तकालय तथा नगर सुचना केन्द्रमा नागरिकहरुको पहुँच अभिबृद्धि सम्वन्धि अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि प्रजिअ विकले भौतिक पुस्तकालयको भन्दा इ लाइब्रेरीको आवश्यकता सँगै पुस्तकालय विविधताको जरुरीबारे औल्याउनुभएको थियो ।

हेटौंडा उपमहानगर पालिका कार्यालयका प्रमुख एवम् कार्यकारी अधिकृत सुदेव पोखरेलले सुचनामा जनताको पहुँच पुग्ने संयन्त्र भौतिक पूर्वाधार सहित इ लाइब्रेरीको विकास गर्न उप महानगरपालिका लागि पर्ने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रहरी नायब उपरिक्षक बामदेव गौतमले नागरिकमा सुचनाको पहुचले सचेत गराउन सके समाजमा हुने अपराध र यसबाट हुने क्षतिको न्युनिकरण हुने तर्क गर्नुभयो । कार्यालयका सूचना अधिकारी शंकर प्रसाद उपाध्यायले १८ वर्ष अघिबाट बसपार्कको गोलघरबाट शुरुवात गर्न खोजिएको सुचना केन्द्रले अहिले आएर नागरिकको सरल पहुँचमा पुगेको र आगामि दिनमा अझ सर्बसुलभ तरिकाबाट सुचना दिने वातावरणको विकास गर्न सुचना केन्द्र लागि पर्ने प्रष्ट पार्नुभयो । साथै सुचना अधिकारी उपाध्यायले उपमहानगरपालिकाले पनि सुचना केन्द्रका प्रतिनिधिलाई महत्वपुर्ण बैठक, सभा तथा कार्यक्रममा अनिवार्य संलग्नता गराउन समेत कार्यालयको ध्यानाकर्षण गराउनुभयो ।
हेटौंडा उपमहानगरपालिका कार्यालयका प्रबन्धक विके महर्जनले सहजिकरण गर्नुभएका कार्यक्रममा धु्रब भुजेल, जगन्नाथ सापकोटा, पत्रकार सुरेश श्रेष्ठ, मनोज ढोडारी, साहित्य संगमका सुभाष खनाल, अनिता न्यौपाने लगायतले जनतामा सुचनाको पहुँच तथा इ लाइब्रेरीका सम्वन्धमा आ आफ्ना धारणा राख्नुभएको थियो ।
0 comments
Write Down Your Responses