Powered by Blogger.
मकवानपुरमा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या दोब्बर

रुपक कालिराज,
मकवानपुर, ३१ वैशाख /  मकवानपुरमा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या दोब्बर बढी पाइएको छ ।  आर्थिक वर्ष २०७२ देखि २०७३ वैशाख मसान्त सम्ममा नागरिकता लिनेको सङंख्या ८  हजार ५ सय १७ जनाले नागरिकता बनाएकामा राहदानी लिनेको सङ्ख्या त्यसको दोब्बर १४ हजार ३ सय २५ जना रहेका छन् ।
अध्ययन र रोजगारीका लागि विदेश जाने क्रम बढेसँगै राहदानी बनाउने बढेका हुन् । दु्रत सेवामा  राहदानी बनाउनेको संङख्या पनि उत्तिकै रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुका प्रसासकीय अधिकृत विष्णु कुमार महतले बताउनु भयो ।  दु्रत सेवाका लागि ६ हजार ८ सय ९४ राहदानी सिफारिस गरिएको कार्यालयले जनाएको छ । मकवानपुरबाट प्रति दिन ७५ वटा भन्दा वढि राहादानी सिफारिस हुने महतले बताउनु भयो ।
 दु्रत सेवा प्रयोग गर्ने सेवाग्राहीले रु १० हजार तिरेर काठमाडौँबाट हप्ता दिनमा राहदानी निकाल्ने गरेका छन् ।  साधारण सेवा लिने भने रु पाँच हजारमा ३० देखि ४० दिनभित्र राहदानी पाउने गरेका छन् । उहाँका अनुसार प्रायः दुर्गम गाविसहरुबाट विदेश जान राहादानि बनाउन धेरै आउने गरेको छ ।
५ प्रतिशत अध्ययनको शिलशिलामा जाने गरेको बताउदैँ वाँकी सम्पूर्ण रोजगारको लागि जाने गरेको बताउनु भयो । र “पछिल्लो समय राहदानी बनाउने सङ्ख्यामा वृद्धि आएको छ, युवा विदेश जाने क्रम तीव्र बनेको छ” महतले भन्नु भयो । पछिल्ला वर्षको आँकडा तुलना गर्दा बर्से्नि राहदानी बनाउने क्रममा वृद्धि हुँदै आएको उहाँको भनाइ छ ।
उता नागरिकता भने गत श्रावन महिना देखि हाल सम्ममा जिल्ला प्रशासन कार्यलय मकवानपुरबाट नागरिकता लिनेको सङंख्या ८ हजार ५ सय १७ पुगेको छ । जस मध्ये ४ हजार १ सय १६ महिला र ४ हजार ३ सय ४१ पुरुष रहेको जिल्ला प्रसासन कार्यालय मकवानपुरका कम्प्यूटर अपरेटर अनिल कुमार कर्णले जानकारी दिनु भयो । वैवाहिक अंगीकृत तर्फ ७ वटा, आमाको नामबाट १ वटा रहेको कर्णले बताउनु भयो ।

0 comments

Write Down Your Responses