Powered by Blogger.
दिव्य सेवा त्रैमासिक बाल पत्रिका बिमोचन


हेटौंडा,३१ बैशाख / दिव्य सेवा बाल क्लब श्री जनप्रिय उमावि हटिया मकवानपुरले दिव्य सेवा त्रैमासिक बाल पत्रिका एक समारोहका बिच बिमोचन गरेको  छ । दिव्य सेवा निकेतनका केन्द्रीय सल्लाहकार एबम पूर्व साम्सद केदार न्यौपानेले एक समारोह बिच पत्रिका बिमोचन गर्नु भएको हो ।
प्रमुख अतिथि न्यौपानेले बाल बालिकाको चौतर्फी बिकासको लागि पत्रिका ज्यादै महत्त्वपूर्ण रहेको कुरा व्यक्त गर्नु भयो । दिव्य सेवा निकेतन बृध्दबृध्दा को सम्मान गर्ने संस्था हो । त्यसैले सम्मान र सेवाको भाब जगाउने काममा बाल क्लब सफल रहोस भनी शुभकामना समेत ब्यक्त गर्नु भयो । 
कार्यक्रममा दिव्य सेवा निकेतनका प्रमुख संरक्षिका सुनिता बाईजि अध्यक्ष टि आर निरौला पूर्ब बिद्यालय निरीक्षक एबम शिक्षा समिति संयोजक यादब गजुरेल सहायक जिल्ला शिक्षा अधिकारी हुम नाथ गौतम  बिद्यालय ब्यबस्थापन समिति सदस्य लोकनाथ चौलागाईं हेटौंडा टुडे दैनिकका प्रधान सम्पादक नवीन सिग्देल  बि.ब्य.स. सल्लाहकार द्वय कुमार सिंह खड्का , कृष्ण प्रसाद दहाल प्राचार्य धनिकलाल साह शिक्षकहरु अरुण खतिवडा, युक्तलाल बिश्वकर्मा लगायतकाले  पत्रिकाको बिषयमा शुभकामना व्यक्त गर्नु भएको थियो । क्लबकि अध्यक्ष पतिक्षा गर्तौला अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन रमिता ढकाल र अस्मिता रुम्बाले गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष सबिन ढकालले गर्नु भएको थियो । 
        कार्यक्रममा क्लबका भाईबहिनीहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीका अलवा अभिभावकहरु को समेत व्यापक सहभागीता रहेको थियो

0 comments

Write Down Your Responses