Powered by Blogger.
हेटौँडामा जोखिम न्युनिकरण व्यवस्थापन तालिम

हेटौडा, ३१,वैशाख / मकवानपुरका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर विश्वकर्माले विपद् अघि नै योजना बनाउनु आवश्यक रहेको बताउनुभएको छ । गत बर्षको भूकम्पबाट पाठ सिक्दै अबका दिनमा प्राकृतिक बिपद्बाट बच्न पहिल्ये नै योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो । 
इन्हुरेड नेपालले आज हेटौँडामा गरेको जोखिम न्युनिकरण व्यवस्थापन तालिममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा जिल्लाका विभिन्न सरकारी एवम् गैरसरकारी कार्यालय प्रमुख एवम् प्रतिनिधीले भूकम्प पश्चात गरेका कार्य, भोग्नुपरेको अप्ठ्यारा परिस्थिती र अनुभूतिको बिषयमा जानकारी गराएका थिए । 
कार्यक्रम इन्हुरेड इन्टरनेशनलका अध्यक्ष डा। गोपाल शिवाकोटीको अध्यक्षतामा भएको हो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुवेदकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतम, गैसस महासंघका अध्यक्ष कृष्ण धितालसहित नेपाली सेना, सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायका प्रतिनिधीको उपस्थिती थियो । तस्विर गुगल

0 comments

Write Down Your Responses