Powered by Blogger.
हेटौंडा उपमहानगरपालिकामा फोहोर विसर्जनका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने



हेटौडा, ३१,वैशाख / हेटौंडा उपमहानगरपालिकाले हालको एकमुष्ट ढंगले फोहोर संकलन तथा विसर्जन प्रणामीमा सुधार गरी पृथक संकलन र ढुवानी, जोखिमपूर्ण फोहोरको मात्रा अन्तिम विसर्जनका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने भएको छ ।  हेटौंडा वडा नं. २ र ३ मा जारी श्रोतमा फोहोर वर्गीकरण तथा बारमा आधारित फोहोर संकलन प्रणालीसहितको एकीकृत कार्यक्रम करिब ९० प्रतिशत सफल देखिएपछि नगरपालिकाले करिब १५ हजार नगरबासीको बसोबास रहेको वडा नं. ४ लाई लक्षित गरीे कार्यक्रम सुरु गर्न लागेको हो । उक्त वडाबाट निस्कने जैविक तथा अजैविक फोहोर र मेडिकल तथा स्वास्थ्य संस्थाबाट निस्कने रासायनिक एवम् खतराजन्य फोहोरलाई श्रोतमा वर्गीकरणसहित व्यवस्थापन सन्दर्भमा सञ्चारकर्मीस“ग छलफल गरेको छ । नगरपालिकाका सहरी विकास अनुसन्धान तथा वातावरण महाशाखा प्रबन्धक बीके महर्जनले वडा नं. ४ का सबै ३ हजार ५ सय ८१ घरधुरी, व्यवसाय, संघसंस्थामा जैविक फोहोरका लागि हरियो, अजैविक फोहोरका लागि निलो रंगको डस्टबिन प्रयोग अनिवार्य बनाइने बताए । उक्त वडामा रहेका सबै मेडिकल, क्लिनिक, निजी तथा सरकारी अस्पतालबाट निस्कने फोहोर संकलनका लागि रातो रंगको डस्टबिन वितरण गरिने छ । नगरपालिकाले वडाबासी व्यवसायीलाई निलो र आवासीय प्रयोगका लागि हरियो रंगको डस्टबिन उपलब्ध गराउने छ । असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य लिएको उक्त कार्यक्रमका लागि करिब २० लाख खर्च अनुमान गरिएको छ ।

0 comments

Write Down Your Responses