छतिवनमा बैज्ञानिक बन ब्यबस्थापन अन्तरक्रिया

छतिवन,१ जेठ / जिल्ला बन कार्यालय मकवानपुरको आयोजनामा बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धी अन्तरक्रिया गर्दै दिगो बन ब्यबस्थापन कार्यक्रम गरिएको छ । चुरे खोला र पानीको सतह सुक्दै गएको समुदायलाई सुचित गराँउदै छतिवन गाबिस वडा नं.४को हात्तिचरन सामुदायिक बन उपभोक्ता समुहमा बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धी अन्तरक्रिया गरिएको हो । बन ब्यब्स्थापनमा समुदायलाई प्रत्यक्ष सम्लग्न गराउने उद्देश्यले यो बर्स देखी बैज्ञानिक अधार पहिल्याउदै कार्यक्रम सुरु गरिएको जिल्ला बन कार्यलय मकवानपुरका सुचना अधिकृत बिशाल भट्टराईले बताउनु भयो ।
कार्यक्रम जिल्ला बन अधिकृत राजेन्द्र नौपानेको प्रमुख आतिथ्यतामा भएको थियो । हात्ति चरन सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष पवन सिंह गुरुङ्गको सभापतित्वमा भएको कर्यक्रममा प्रमुख अतिथी जिल्ला बन अधिकृत नौपानेले भुकम्प ,डडेलो तथा जैबिक बिबिधताले सृजना गरेको समस्याले पारेको प्रभावको बिषयमा चर्चा गर्नु भएको थियो । नमुनाको रुपमा सञ्चालन गरिन लाएियको कार्यक्रममा स्थानीय राजनैतिक दल, स्थानिय बन सरोकारवाल लगायत स्थानिय समुदायको उपस्थिती थियो । १० बर्र्ष सञ्चालन गरिने कार्यक्रम मकवानपुरको हात्तिचरन र हेनपा २४ को गोरछ्यस्वार सामुदायिक बन समुहमा नमुनाको रुपमा बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम गरिएको हो ।
0 comments
Write Down Your Responses