Powered by Blogger.
शिक्षकहरुको हाजिरीजवाफ प्रतियोगितामा शारदा उच्चमाविका प्रथम

हेटौंडा,३१ बैशाख / मकवानपुरको आमभञ्ज्याङ्स्थित शारदा उच्चमावि स्रोतकेन्द्र स्तरिय शिक्षक हाजिरीजवाफ प्रतियोगिता आज सम्पन्न भएको छ । विद्यार्थीलाई मात्रै शैक्षिक प्रतिष्पर्धा गराएर नपुग्ने त्यसका लागि शिक्षकहरुसमेत अपडेट हुनुपर्ने भएकाले यस्तो हाजिरीजवाफ आयोजना गरिएको स्रोतव्यक्ति जनकराज पन्तले जानकारी दिनुभयो । जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यको प्रमुख आतिथ्यता तथा विद्यालय निरिक्षक हिरामैया जोशीको विशेष आतिथ्यतामा प्रतियोगिता भएको हो । प्रतियोगितामा शारदा उच्चमाविका सहभागीहरु प्रथम, जनक माविमा सहभागी दास्रो र हिमालय तथा जिम्मर प्रावि सम्मिलित सहभागी तेस्रो भएका थिए । उत्तम शिक्षक बन्ने की खत्तम शिक्षक बन्ने ? भन्नेमा शिक्षक आफैं लागिपर्नुपर्ने शिक्षा अधिकारी आचार्यले कार्यक्रममा बताउनुभयो । कार्यक्रममा शारदा उच्चमाविका प्रधानाध्यापक नीरबहादुर खड्का, जनक माविका प्रधानाध्यापक वीरेन्द्रकुमार यादव, जालपा देवी माविका प्रधानाध्यापक शिव पाण्डे, जनता मावि सुकौराकी प्रधानाध्यापक कान्ता रिजाल लगायतको आतिथ्यता रहेको कार्यक्रम सञ्चालक इश्वरी प्रावि आमभञ्ज्याङ् ७ का शिक्षक सुनील गौतमले जानकारी दिनुभयो ।


0 comments

Write Down Your Responses