Powered by Blogger.
नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा सिलवाल


हटौडा,१ जेठ / नेपाल प्रगतिशील प्राध्यापक संगठन जिल्ला समन्वय समिति मकवानपुरको पहिलो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । प्राध्यापन पेशामा आवद्ध प्रगतिशील प्राध्यापकहरुको पेशागत सुरक्षा र प्राज्ञिक उन्नयनका लागि सम्पन्न अधिवेशनले मकवानपुर बहुमुखी क्याम्पसका यम बहादुर  सिलवालको अध्यक्षतामा ११ सदसीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । उपाध्यक्षमा  हेटौंडा क्याम्पसका देवीराम लामा, सचिवमा हेटौडा क्याम्पसकै ध्रुब प्रसाद लामिछाने  , कोषाध्यक्षमा मकवानपुर बहुमुखी क्याम्पसकी शिला कोईराला , तथा सदस्यहरुमा जनप्रिय बहुमुखी क्याम्पसका सुनिल गौतम, हेटौंडा क्याम्पसका पूर्णभद्र भूषाल, सदस्यमै भास्कर चन्द्र अधिकारी, अमर सिंह धामी, राम बहादुर कार्की, टीका प्रसाद सापकोटा, र निरञ्जन सिग्देल सर्वसम्मत चयन हुनुभएको छ ।
      संगठनका केन्द्रीय महासचिव डा। खगराज शर्माको प्रमुख आतिथ्यता तथा नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको विशेष आतिथ्यता रहेको कार्यक्रममा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठ, सहसचिव मीना लामा, आर्थिक बिभाग प्रमुख नवीन सिग्देल, ब्ँग् बिभागका सहायक डिन बासुदेव पोखरेल, मकवानपुर क्याम्पस प्रमुख बच्चुराम अधिकारी, प्राध्यापक संगठन केन्द्रीय सदस्य भोजराज ढकाल, जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख बिजय नेपाल लगायतका ब्यक्तिहरुको आतिथ्यता रहेको थियो । नेपाल प्रगतिशील प्राध्यापक संगठन मकवानपुरका अध्यक्ष बलराम शर्माको अध्यक्षतामा भएको कार्यक्रम प्राध्यापक अर्पण पराजुलीले सञ्चालन गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses