Powered by Blogger.
नगरकपको उपाधि ७ नम्बर वडालाई


हेटौडा, १ जेठ  / नगरकप फुटबल प्रतियोगिता–२०७३ को उपाधि हेटौँडा ७ नम्बर वडाले जितेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र हेटौँडा उपमहानगरपालिका कार्यालयको आयोजनामा भएको प्रतियोगिताको उपाधि दावेदारको रुपमा लिइएको १० नम्बर वडालाई १–० गोल अन्तरले निरास पार्दै ७ नम्बरले यस बर्षको नगर कपको उपाधिमा नाम लेखाएको हो । ७ नम्बरको जितमा सन्दिप पौडेल नायक बने । उनले छैठौँ मिनेटमा गरेको गोलको मद्दतले ७ नम्बर विजयी भएको हो । खेलको सुरुवातीमै पछि परेको १० नम्बरले खेलमा फर्किने केही राम्रा अवसर पाएको भएपनि त्यसलाई ७ नम्बरका गोलरक्षक राकेश भुजेल र डिफेन्स विजय केसीले निष्तेज पारिदिएका थिए । अन्तराष्ट्रिय फुटबल समेत खेलिसकेका अञ्जन बिष्ट, रञ्जन बिष्ट, यू–१९ को टिममा अटाएका सुशान्त लामा सहित स्टार खेलाडीले भरिएको १० नम्बरले गोल गर्ने केही राम्रा मौका पाएको भएपनि गोल हुन हुन सकेन । विजेता बनेको ७ नम्बरले नगद एकलाख रुपैँया प्राप्त गरेको छ भने १० नम्बरले ५० हजारमा नै चित्त बुझाउन बाध्य भएको छ । विजेता र उपविजेता टिमलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, प्रतियोगिताको प्रायोजक हेटौँडा स्कूल अफ म्यानेजमेण्टका प्राचार्य पुरणबहादुर जोशीलगायतले पुरस्कार वितरण गरेका हुन् । खेलको म्यान अफ दी म्याच समेत भएका ७ नम्बरका गोल रक्षक राकेश भुजेल उत्कृष्ट गोलरक्षक भए । उनले नगद तीनहजार रुपैँया प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका १० नम्बर वडाका मनोज घलानले नगद पाँचहजार रुपैँया प्राप्त गरे । उत्कृष्ट डिफेण्डर १० नम्बर वडाका सुरज बिष्ट, उत्कृष्ट मिडफिल्डर ७ नम्बरका नैतिक थापा, उत्कृष्ट फरवार्ड १० नम्बरका बीके लामा र उत्कृष्ट प्रशिक्षक ७ नम्बरका ज्ञानबहादुर क्षेत्री भए । उनीहरुले जनही तीनहजार रुपैँया सहित प्रमाणपत्र प्राप्त गरे । गत २४ गतेबाट सुरु भएको प्रतियोगितामा हेटौँडा नगरको १६ वटा वडाको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses