Powered by Blogger.
उद्यमशिलताका लागि महिला शसक्तिकरण तालिम


हेटौडा, १ जेठ / हेटौँडा लेडी जेसिजको आयोजनामा उद्यमशिलताका लागि महिला शसक्तिकरण विषयक एक दिने तालिम आज हेटौँडामा भएको छ । ६५ जना महिलाहरुको सहभागिता रहेको तालिममा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष डाक्टर दिपक शाक्यले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेव पोख्रेल,जिल्ला विकास समिति मकवानपुरका योजना अधिकृत किसन न्यौपानले तालिममा सिकेका कुरा ब्यबहारमा लागु गर्न अनुरोध गर्दै शुभकामना मन्तब्य ब्यक्त गर्नभएको थियो ।तालिम लेडी जेसिज हेटौँडाकी अध्यक्ष शोभा खरेलको सभाध्यक्षमा भएको थियो । तालिको उद्घाटन कार्यक्रमा हेटौँडा लेडी जेसिजका पूर्व अध्यक्षहरु अन्जना रिजाल,ग्रेस श्रेष्ठ,निरा गोर्खाली,निवर्तमान अध्यक्ष राधिका श्रेष्ठ,भुटनदेवी लायन्स क्लवकी अध्यक्ष अंकिता सुमार्गी लगायतको आतिथ्यता रहेको कार्यक्रम संयोजक सपना कँडेलले बताउनुभयो ।


0 comments

Write Down Your Responses