Powered by Blogger.
अनेमसंघ (क्रान्तिकारी) को नगरकमिटी निर्माण

हेटौडा, १ जेठ /  अखिल नेपाल महिला संघ –क्रान्तिकारी) नगर समितिको चौथो उपमहानगर सम्मेलन आज सम्पन्न भएको छ ।  सम्मेलनले कमला ब्लोनको अध्यक्षतामा २९ सदस्यीय नगरकमिटी निर्माण गरिएको छ । कमिटीको उपाध्यक्षमा सरिता तिमल्सिना, सचिवमा सोभा घिमिरे, कोषाध्यक्ष उषा राई, सहसचिवमा निर्मला पौडेल र बाँकी सदस्यहरु रहेका छन् ।  संगठनका केन्द्रीय सदस्य लक्ष्मी पाख्रीनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथि एनेकपा माओवादी मकवानपुरका सचिवालय सदस्य ललित घलान, अतिथिहरु केन्द्रीय सदस्य लक्ष्मी माझी, रञ्जना श्रेष्ठ, जिल्ला अध्यक्ष कमला पौडेल, जनय’द्ध घाइते प्रविना गोले लगायतका रहेका थिए ।


0 comments

Write Down Your Responses