Powered by Blogger.
चेतनाको भन्दा पनि सतर्कताको अभाव:विश्वकर्म


 हेटौडा, १ जेठ / मकवानपुरमा एक हप्त सम्म सञ्चालन भएको ट्राफिक सप्ताह २०७३ आज समापन भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी मान बहादुर विश्वकर्मको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका अध्यक्ष सुर्य चन्द्र न्यौपानेको सभाध्यक्षतामा आज एक कार्यक्रमका विच सप्ताहको समापन गरीएको हो । समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वि.कले ट्राफिक सप्ताहले , सप्ताह मात्रै नभएर जनचेतनामुलक, यातायात व्यवस्थापन, दुर्घट्ना न्यूनिकरण जस्ता कार्यमा टेवा पुगेको बताउनु भयो ।
सप्ताह मनाउने छोड्ने मात्रै नभएर सप्ताहबाट सिकेका कुराहरुलाई सदैव व्यवहारमा उतार्न सकेको खण्डमा सप्ताह मनाउनुको सार्थकता हुने बताउँदै चेतनाको भन्दा पनि सतर्कताको अभाव रहेको औल्याउनु भयो । कार्यक्रममा वोल्दै क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रमुख(प्रहरी उपरिक्षक) इश्वारी प्रसाद चापागाईले नेपालमा ९१ प्रतिशत भन्दा वढि मानविय कारणले गर्दा सडक दुर्घट्ना हुने गरेको वताउनु भएको थियो । उहाँले मानिस विवेक शिल प्राणी भएको बताउँदै मानिसले विवेकलाई दुरुपयोग गरेकै कारण अत्यधिक दुर्घट्ना भइरहेको बताउनु भयो । एक वर्षमा नेपालमा २ हजार मृत्यू र ८ हजार भन्दा वढि घाइते हुने तथ्याङक पनि प्रस्तुत गर्नु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना र नेपाल रेडक्रस सोसाइटी मकवानपुरको सहयोगमा कार्यक्रम विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै र्दुघटनामा नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको थियो ।

0 comments

Write Down Your Responses