Powered by Blogger.
लोकतान्त्रीक मगर संघमा पुन: रखाल

हेटौडा, १ जेठ / नेकपा एमाले भातृ संगठन नेपाल लोकतान्त्रीक मगर संघ, जिल्ला कमिटी, मकवानपुरमा पुनं मगल रखाल चयन भएका छन् । शनिबार भएको संघको दोश्रो जिल्ला अधिवेशनबाट रखाल सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन् । उक्त जिल्ला अधिवेशन एमाले पार्टि कार्यालयको सभाहलमा लोकतान्त्रीक मगर संघका केन्द्रिय समितीका वरिष्ठ उपाध्यक्ष चित्र थापाको प्रमुख आतिथ्यतामा भएको थियो । अध्यक्ष रखालकै अध्यक्षतामा सम्पन्न अधिवेशनमा पुर्व अध्यक्ष रामेश्वर राना, पार्टि जिल्ला अध्यक्ष मुनु सिग्देल, पुर्व संयोजक रामचन्द्र राई, पुर्व सचिव रघुनाथ खुलाल, लोकतान्त्रीक मगर संघ केसन्द्रीय उपमहा सचिव एवम् अनेम संघ अध्यक्ष पार्वती राना, केन्द्रिय सदस्य अशोक सारु, पार्टि नेता अणराज जर्गा मगर, लाल बहादुर थापा लगाएतकाको आतिथ्यता रहेको थियो ।

उक्त अधिवेशनवाट समितीको उपाध्यक्षमा अकबर ठाडा, सचिवमा अशिष अस्लामी, सहसचिव महेन्द्र राना, कोषध्यक्षमा सुनीता थापा तथा सदस्यहरुमा अशोक ग्यालान, रेशम लामीछाने, शिव पुलामी, सिता थापा, रिता आले, ज्ञानु थापा, तुल बहादुर थापा लगाएत एक सदस्य पछि मनोनीत गर्नेगरि १८ जना रहेका छन् । उक्त कार्यक्रमको उद्घाटन सत्रमा एमाले पुर्व राष्ट्रिय परिषद सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

0 comments

Write Down Your Responses