Powered by Blogger.
हाँडिखोलामा तिन माओवादी बिच एकता

हेटौडा, १ जेठ / मकवानपुरको हाँडिखोला गाविस ७ नम्वर वडा कमिटीका तिन माओवादी बिच एकता भएको छ । बैंद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादी वडा कमिटीले संस्थापन पक्ष एकिकृत माओवादी संग एकता गरेका हुन् ।
आज भएको वडा भेलाले वडा कमिटी बिच एकता गर्ने निर्णय गरेको एकिकृत नेकपा माओवादीका नेता धु्रर्व खड्काले जानकारी दिनुभयो ।  भेलाले यही जेष्ठ ८ गते एकताको वडा सम्मेलन गर्ने र जिम्मेवारी बाँडफाँड गर्ने निर्णय पनि गरेको छ । केन्द्रमा पार्टी एकता प्रक्रिया अघि बढेपछी वडा स्तरमा पनि पार्टी एकता गरिएको खड्काले जानकारी दिनुभयो ।
भेलामा बिप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला सदस्य अम्बर बहादुर रुम्बा, बैंद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वडा अध्यक्ष अर्जुन तितुङ लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


0 comments

Write Down Your Responses