Powered by Blogger.
किशोर किशोरी सञ्जाल पुनर्गठन

 हेटौडा, १ जेठ / थाहा नगरपालिकामा गत साल सम्पन्न भएको सम्वादका दिक्षित किशोर किशोरी र एनिमेटर  सञ्जाल (SAAN)  थाहा नगरपालिकाको पुनर्गठन थाहा नगरपालिकामा सम्पन्न भएको हो । सम्वाद किशोर किशोरी र एनिमेटर सञ्जालमा सम्वाद वाहिरका किशोर किशोरीलाई पनि समावेश गराई सम्वादको उपलव्धी र सिकाईलाई समुदायमा विस्तार र संस्थागत गर्ने उद्धेश्यले सञ्जालको नाम समेत परिवर्तन गरी सशक्त  किशोर किशोरी सञ्जाल थाहा नगरपालिका राखिएको हो ।
सम्वाद किशोर किशोरी र एनिमेटर सञ्जाल थाहा नगरपालिका अध्यक्ष सनुप श्रेष्ठको अध्यक्षतामा भेला तथा कार्यशाला गोष्ठी सञ्चालन भएको हो । उक्त कार्यशालामा सञ्जालको विधान तयारी, संस्थागत क्षमता अभिवृद्धि, नयाँ समिति चयन लगायत आगामी वर्षको लागि कार्य योजना तयार गरिएको थियो । भेलाले रेविता परियारको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समित चयन गरेको छ । सञ्जालको उपाध्यक्षमा सफलता नेपाली, सचिव शिवानी विश्वकर्मा, कोषाध्यक्ष सन्तोष तामाङ, सहसचिव नेहा परियार सदस्यहरुमा सनुप श्रेष्ठ, मनोज श्रेष्ठ, सुरेन्द्र गोले, विमला अमात्य, शिखा विश्वकर्मा, कविता सुुुनार, मनिता वयलकुटी, रमा सुनार, उमा श्रेष्ठ र वन्दना प्रधान रहेका छन । अध्यक्ष, सचिव र कोषाध्यक्षको लागि निर्वाचन गरिएको थियो भने अन्य पद सर्वसम्मत भएको थियो ।
समितिका नव निर्वाचित सदस्य तथा पदाधिकारीहरुलाई सम्वाद परियोजना अधिकृत कमल कुमार विश्वकर्माले सपथ ग्रहण गराएका थिए । भेलाले शिक्षा, खेलकुद तथा मनोरञ्जन उपसमिति, सरसफाई उपसमिति र आर्थिक व्यवस्थापन उपसमिति समेत चयन गरेको छ । कार्यशालाले विभिन्न सामाजिक क्रियाकलाप र किशोर किशोरीका हक, अधिकार र क्षमता विकासका लागि कार्य गर्ने गरी एक वर्षे कार्य योजना तयार गरेको छ । समापन सत्रको अध्यक्षता नवनिर्वाचित अध्यक्ष रेविता परियारले गरेकी  थिईन भने कार्यक्रम सञ्चालन शिवानी विश्वकर्माले गरेकी थिईन । कार्यशालाको सहजीकरण कमल कुमार विश्वकर्मा र कृष्ण घिमिरेले गरेका थिए । सञ्जालले तत्काल थाहा नगरपालिकामा स्वास्थ्य तथा सरसफाई सम्वन्धि कार्यक्रम गर्ने तयारी गरेको अध्यक्ष परियारले वताईन ।

0 comments

Write Down Your Responses