Powered by Blogger.
कक्षा ११ को परीक्षा देशभर सुरु ।।


भक्तपुर, जेठ २ / आजदेखि कक्षा ११ को परीक्षा देशभर सुरु भएको छ । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले देशभरी परीक्षा सुरु भएको बताएको छ । परीक्षामा तीन लाख ६९ हजार ४२६ परीक्षार्थी सहभागी छन् । परीक्षा १२ गतेसम्म सञ्चालन हुनेछ ।  परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार ६४१ जना कर्मचारी, दुई हजार ४७६ जना कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरी ३३ हजार ९५३ जना परिचालित गरिएको छ । वैशाख २० गतेबाट देशभर सुरु भएको कक्षा १२ को परीक्षा हिजो सकिएपछि आजदेखि ११ को परीक्षा सुरु भएको हो । परीक्षामा तीन लाख ४६ हजार ४२७ जना परीक्षार्थी सहभागी भएको परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । परीक्षामा अमर्या्दित काम गर्ने व्यक्तिलाई ६ महिना कैद र एक लाखसम्मको जरिवानाको व्यवस्था गरिएको छ भने परीक्षा मर्यादा विपरीत सामूहिक रुपमा चोरी भएको पाइएमा त्यस्तो परीक्षा केन्द्र नै खारेज गर्ने व्यवस्था गरिएको छ ।

0 comments

Write Down Your Responses