Powered by Blogger.
प्रा.वि स्तरिय गायन तथा नृत्य प्रतियोगितामा सुन्दरी देवि मावि प्रथम

जनक लामा 
आग्रा, २ जेठ /  मकवानपुरको आग्रामा भएको प्रा.वि स्तरिय गायन तथा नृत्य प्रतियोगितामा सुन्दरी देवि मावि प्रथम भएको छ । गाउँ बाल संरक्षण समिति आग्राको आयोजना तथा आग्रा गाविसको आर्थिक सहयोग र ईन्द्रायणी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगितामा काला गणेश प्रा.वि. द्धितिय र सरस्वति माध्यमिक विद्यालय तृतिय भएको छ ।
 आग्रा गाविसका ९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा थाहा कला केन्द्रका अध्यक्ष सानोवावु मोक्तान र मकवानपुर आईडल भएका दिपराज केसीले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।
आग्रा स्रोत केन्द्रका अध्यक्ष रामकुमार ठाकुरको प्रमुख आतिथ्यता रहेको प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुनेलाई शिल,प्रमाण प्रत्र र विद्यालय पोषक प्रदान गरिएको थियो । ईन्द्रायणी माविका विद्यार्थी लिल तामाङले सञ्चालन गर्नु भएको प्रतियोगिताको संयोजक समेत रहनु भएका चेतनाथ घलानले किताबि ज्ञान संग संगै अतिरिक्त ज्ञानको पनि उतिकै जरुरत रहेको सो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । विशेष साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरि गरिएको प्रतियोगितामा दर्शकहरुको भिड लागेको थियो । आग्रा गाविस कार्यालय सहायक रामचन्द्र थिङको सभाध्यक्षता रहेको प्रतियोगितामा सुन्दरी देविका प्रध्यानाध्यापक प्रताब सिंह गोले, सुन्दरी देवि माविका प्रध्यानाध्यापक हरिकृष्ण कार्की लगायतको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses