Powered by Blogger.
परियार थाहानगरमा आए, पुरी कावासोतीमा

थाहानगर,३ जेठ / मकवानपुरको उत्तरी थाहा नगरपालिकामा आजबाट भिम बहादुर परियार कार्यकारी अधिकृतका रुपमा कार्यभार सम्हान आउनु भएको छ । गत २०७१ माघ १ गते नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी लिएर आएका हरिलाल पुरी २०७२ चैत्र १५ गते नवलपरासी जिल्लाको कावासोती नगरपालिकामा सरुवा भएर गएपछि कार्यालयमा प्रमुख विहिन रहेको थियो । पुरी सरुवा भएर गएपछि उहाँको ठाउँमा परियार कार्यकारी अधिकृत भएर आउनु भएका हुन् ।
बारा जिल्लाको कोल्वी नगरपालिकाबाट सरुवा भई आउनु भएका परियारलाई थाहाका राजनीतिक दल, संघसंस्था, वडा नागरिक मञ्च लगायत नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेका हुन । पर्यटनको मुख्य थलोको रुपमा परिचित यस नगरलाई पर्यटनको माध्यमबाट चिनाउन प्रयास गर्ने र समग्र विकासका लागि आफु सबैसँग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
परियारले आफुले जहाँ गए पनि राम्रो काम गएर समाजलाई देखाउने प्रतिबद्धता जनाउनु भएको छ । थाहा नगरपालिकाले सुरु गरेको सम्पुर्ण अभियानहरुलाई सफल बनाउन लागि पर्ने र नगरपालिकामा समेटिएका साबिकका सम्पुर्ण गाबिसहरुको बिकाशका लागि आफु प्रयत्न गर्ने बताउनु भएको छ । उहाँले थाहा नगरपालिकाले गरेको गतिविधिहरुलाई महिनाको एक पटक सार्वजानिक गर्ने समेत बताउनु भयो ।
थाहा नगर पालिकामा विगत २ महिना भन्दा वढि देखि कार्यकारी अधिकृत बिहीन हुँदा सो नगरपालिकाका कामकाज ठप्प भएका थियो । समान्य बाहेक महत्वपूर्ण कामकाज प्रभावित भएपछि सेवाग्राही मर्कामा परेका थिए ।
 कार्यालय प्रमुख नहुँदा आर्थिक महत्वपूर्ण काम नभएको, कर्मचारीले तवल समेत लिन नपाएको कर्मचारीहरुले गुनासो गर्दै आएका थिए । उता आर्थिक वर्षको मसान्त आउन लागि सक्दा समेत विकास निर्माणका काममा ठप्प हुनुको साथै सरकारले दिएको वृद्धको लागि वृद्धा भत्ता वितरण समेत भएको थिएन ।

0 comments

Write Down Your Responses