Powered by Blogger.
जातीय छुवाछुत अन्त्यका लागि अन्तरक्रिया र सहभोज सम्पन्न


मनहरी,२ जेठ / कुनै पनि धर्ममा जातका आधारमा कसैले कसैलाई भेदभाव गर्न नभनेको एक कार्यक्रमका सहभागीहरुले वताएका छन् । मनहरी गा.वि.स.लाई व्यवहारिक रुपमा छुवाछुत मुक्त घोषणाको लागि १०० दिने अभियान अन्तर्गत जातीय छुवाछुत अन्त्यका लागि धार्मिक संघ संस्थाको भूमीका विषयक अन्तरक्रिया सम्पन्न भएको छ । मनहरी गा.वि.स.का विभिन्न धार्मिक संघ संस्थाका प्रमुखहरु र तिनीहरुका अनुयायीहरुको उपस्थितीमा कार्यक्रम भएको हो ।
 छुवाछुत मुक्त गा.वि.स.घोषणा अभियान समितिका संयोजक एवं मनहरी गा.वि.स. सचिव मीनराज कोइरालाको अध्यक्षतामा सञ्चालित अन्तरक्रियामा मनकामना सनातन धर्म सेवा समिति मनहरीका उपाध्यक्ष विष्णुराम कालाखेती, साङग छोईफेल गुम्वाका अध्यक्ष गौतम लामा, पाष्टर जीत वहादुर सुनार, व्रम्हकुमारी राजयोग सेवा समिति मनहरीका अभियन्ता रामचन्द्र उप्रेती, मनहरी मस्जिदका अध्यक्ष हाजी रमजान अलीले आ—आङ्खना धर्ममा जातीय छुवाछुत नभएको र यदि कसैले गरेको छ भने त्यो धर्म नभै पाप भएको वताएका छन । यता दलित समुदायका सहभागीहरुले आफूहरुलाई धर्मका नाममा विभेद भै रहेको गुनासो गरे पछि धार्मिक संस्थाका प्रतिनिधीहरुले आ—आङ्खना धर्मका अनुयायीहरुलाई यो विषयमा सचेत गराउने प्रतिवद्धता जनाएका थिए ।

अन्तरक्रियामा इलाका प्रहरी कार्यालय, मनहरीका ईन्सपेक्टर मनोजित कुवर, महिला अधिकारकर्मी सरिता विश्वकर्मा, अर्जुन सुनार, सानुमाया प्रजा, विश्वराज सुनार, शुरेश साह, अभियान समिति संचार संयोजक शिवकुमार काशी लगायतले जिज्ञासा तथा मन्तव्य राखेका थिए । अन्तरक्रियाका सहभागी तथा अतिथीहरुले मनहरीलाई व्यवहारीक रुपमा जातीय छुवाछुत मुक्त गा.वि.स. घोषणा गर्ने महान अभियानमा आङ्खनो ऐक्यवद्धता रहेको र आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

। कार्यक्रमका सहभागी तथा अतिथीहरुलाई स्वागत अभियान समितिका सदस्य नवराज सुवेदीले गरेका थिए भने सहजीकरण अभियान समितिका सदस्य सचिव कमल कुमार विश्वकर्माले गरेका थिए । यो अभियानको थालनी स्ट्रोम फाउण्डेशन र सामुदायिक विकास केन्द नेपालको सहकार्यमा सञ्चालित सम्वादका किशोर किशोरी सञ्जाल, मनहरीको सकृयतामा गरिएको हो । मनहरी मनकामना मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा आयोजक समिति र अतिथी सहभागी गरि ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा सवै जनाको सहभागितामा सहभोज समेत भएको थियो

0 comments

Write Down Your Responses