Powered by Blogger.
सालक सम्वन्धि पुस्तक प्रकाशन

हेटौडा,२ जेठ / लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको स्तनथारी जनावरको वारेमा जानकारी गराउने उद्वेश्यले “सालक संरक्षण” नामक पुस्तक प्रकाशन गरिएको छ । रुफोर्ड फाउण्डेशन मकवानपुरले पुस्तक प्रकाशन गरेको हो । पुस्तक निर्जला राउतले लेख्नु भएको हो । पुस्तकमा सालकको सामान्य परिचय, प्रकार, आहार, बासस्थान, बनावट, संरक्षणका चुनौतीहरु र अवस्था, उमेर, पाईने देशहरु, चारीशिकारी, शारिरिक वनावट, रानी वनले सालक सम्वन्धि गरेका कार्यहरु, यसको प्रयोग, संख्या, भावी दिनहरुमा गर्नु पर्ने कामहरु र कानूनी प्रावधान लगायतका विषयहरु समेटिएका छन । पुस्तक ४८ पेजको छ । वन्यजन्तुको विषयमा अध्ययन गरिरहेका विधार्थीहरु, यससँग सम्वन्धित रहेर काम गरिरहेका गैह्सरकारी संस्था र सामुदायिक वन र अन्य वनहरुको लागि पुस्तक उपयोगी हुने रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले बताए । विगत १ वर्ष देखि हेटौडा, ६ चौघडामा रहेको रानी सामुदायिक वन समूह सँग समन्वय गरी काम गरिरहेको रुफोर्ड फाउण्डेशनले यस अघि रानी सामुदायिक वनमा उपभोक्ताहरु सँग अन्तरक्रिया , विधार्थीहरु माझ निवन्ध प्रतियोगिता, विधार्थीहरुलाई झोला वितरण, प्रतिक चिन्ह निर्माण, श्रव्यदृष्य प्रर्दशन, जिल्ला स्तरीय अन्तरक्रिया गोष्ठी लगायतका कार्यहरु गरिसकेको वन विज्ञान अध्ययन संस्थान हेटौडाका उपप्राध्यापक कृष्णप्रसाद दाहालले जानकारी दिनु भयो ।

0 comments

Write Down Your Responses