Powered by Blogger.
आग्राको सुन्दरी देवीमाविमा सिभिल इन्जिनियारिङ विषयको पढाई हुने

शुभराज गोले
आग्रा,७ जेठ /मकवानपुर जिल्लाको दुर्गम गाविस आग्राको डा“डाबास स्थित श्री सुन्दरी देवीमाविमा यसै शैक्षिक सत्र २०७३ साल देखीसिभिलइन्जिनियरिङ विषयको पढाई शुरु हुने भएको छ ।
नेपाल सरकारको एक निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षालय नीति अनुरुप यसै वर्ष विद्यालयले अनुमति प्राप्त गरेको हो । कक्षा ८ उत्तिर्ण विद्यार्थीहरु मध्येबाट प्रवेश परीक्षामा सफल अधिकतम ४८ जना विद्यार्थीलाई भर्ना लिन सकिने विद्यालयले जनाएको छ ।
मकवानपुर जिल्ला निर्वाचन क्षेत्र न.ं ४ अन्तर्गत पर्ने यस विदयालय विक्रम संवत २०२१ सालमा स्थापना भएको भएतापनि २०६४ सालमा मात्र मावि तहको कक्षा अपग्रेड भएको थियो । छोटो समय मै भौतिक तथा शैक्षिक रुपमा विकास भइरहेको यस विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा छनौट भएकोमा विद्यालयका प्रधानाध्यापक प्रताप सिं गोलेले खुशी व्यक्त गरे ।

हाल नब्बे प्रतिशत भन्दा बढी तामाङ समुदायका बालबालिकाहरु अध्यय नगर्ने यस विद्यालयमा सिभिल इन्जिनियरिङ विषय अध्ययनगर्नको लागी छिमेकी गाविसहरु गोगने,डा“डाखर्क ,थाहानगरपालिका र धादिङ जिल्लाका उत्तरी गाविसहरुबाट समेत विद्यार्थीहरु अध्यय नगर्न आउन सकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनायक गोलेले बताए । साथै यही  जेठ १३ गते भित्रफारम भरी १४ गते हुने प्रवेश परीक्षामा सहभागिहुन सकिने विद्यालयले जनाएको छ ।

0 comments

Write Down Your Responses