Powered by Blogger.
भीमफेदीका सुत्केरी र बालबालिकालाई सुरक्षित सामग्री वितरण


मकवानपुर,६ जेठ /  भीमफेदीका सुत्केरी महिला तथा एक वर्षमुनिका बालबालिकालाई सुरक्षित सामग्री बितरण गरिएको छ । प्राथमिक स्वास्थ केन्द्र भीमफेदीमा एक कार्यक्रको आयोजना गरि भीमफेदी गाविसमा रहेका एक वर्षमुनिका १ सय १६ बालबालिका तथा १ सय १३ सुत्केरीलाई सामग्री बितरण गरिएको अनमी रामदेवी श्रेष्ठले बताउनु भयो । सरकारको राष्ट्रिय कार्यक्रम अन्र्तगत् भीमफेदीका सुत्केरी महिला तथा शिशुको पाखुरा नापजा“च तथा पोषण सम्बन्धि परामर्श प्रदान गरिएको डा. विकास भट्टराईले बताउनु भयो । सो अवसरमा सहभागीलाई एक थान २० लिटरको बाल्टिन, मग, दैनिक सरसफाइका सुरक्षित सामग्री, मञ्जन, ब्रस, साबुन, लुगा सुकाउने डोरी, काइ“यो, सूक्ष्म सामग्रीसमेत बितरण गरिएको अनमी जुना घिसिङले जानकारी दिनु भयो ।  तस्विरःगुगल

0 comments

Write Down Your Responses