Powered by Blogger.
तीन जना चलचित्र पत्रकारलाई सम्मान गर्ने


हेटौडा,६ जेठ  /  चलचित्र पत्रकार संघ मकवानपुर शाखाले चलचित्र पत्रकार दिवसको अवसरमा २ जना सञ्चारकर्मी र एक जना चलचित्रकर्मीलाई सम्मान गर्ने भएको छ । संघको बुधबार बसेको बैठकले चलचित्र पत्रकारितामा क्रियाशील पत्रकार प्रकाश दाहाललाई चलचित्र पत्रकारिता पुरस्कार २०७२ र श्रीराम अर्जुनलाई चलचित्र पत्रकारिता पुरस्कार २०७३ बाट सम्मान गर्ने निर्णय गरेको छ ।
यस वर्ष मकवानपुरका चलचित्र कर्मी अमिर गौतमलाई चलचित्रकर्मी सम्मान प्रदान गर्ने अध्यक्ष मणिराज गौतमले जानकारी दिनु भयो । जेठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसरमा संघले विशेष कार्यक्रम गरी पुरस्कार एवम् सम्मान गर्ने कार्यक्रम तय गरेको गौतमले बताउनु भयो । संघले यस वर्षदेखि चलचित्रकर्मीलाई सम्मान गर्ने निर्णय गरेको छ । अघिल्लो वर्ष भुकम्पका कारण कार्यक्रमलाई निरन्तरता दिन नसकेकोमा यस वर्षदेखि निरन्तरता दिन शुरु गरेको संघले जनाएको छ ।


0 comments

Write Down Your Responses