आज पनि मेघ गर्जनसहित पानी पर्ने
![]() |
तस्विरःगुगल
काठमाडौँ, ७ जेठ / आज पनि धेरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । बंगालको खाडीमा बनेको रोनु नामको चक्रवातको प्रभावका कारण दिउँसोपछि देशभर मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार यसकै प्रभावका कारण अहिले मध्य र पूर्वको धेरै ठाउँमा बदली भएको छ ।
यो चक्रवातको असर भोलिसम्म रहने उहाँले बताउनुभयो । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
|
0 comments
Write Down Your Responses